शुक्रबार, बैशाख १४, २०८१

निर्वाचन प्रक्रियालाई अझ मतदातामैत्री बनाउनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौ फागुन ७, तेस्रो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले मंगलबार राजधानीमा आयोजित कार्यक्रमलारय सम्बोधन गर्दै
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन प्रक्रियालाई अझ सहज बनाउँदै मतदातामैत्री बनाउनुपर्ने जोड दिनु भएको छ । त्यस्तै उहाँले मसलुकमा ३ तहको निर्वाचन सम्पन्न भइ बनेको संघीय प्रारुपको अवसरलाइ सदुपयोग गर्दै राष्ट्रलाई समुन्नत बनाउन र आम समुदायको एकता, सक्रिय सहयोग र सहकार्यको वातावरण बनाउँनु पर्ने बताउँनु भएको छ ।  त्यस्तै उहाँले सम्बोधनको क्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगेर्ना तथा सुदृढीकरणमा निर्वाचन आयोगले गरेको योगदानको समेत प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले विसं २०१५ साल फागुन ७ गते आमनिर्वाचन आरम्भ भएको दिनको सम्झनामा निर्वाचन दिवस मनाउन थालिएको जनाउ दिदै मसलसकमा संविधानको सफल कार्यान्यवनका लागि तीन चरणको निर्वाचनपछि ऐतिहासिक सफलता प्राप्त भएको बताउँनु भएको छ ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत उच्च पदस्थ कर्मचारी, सुरक्षा प्रमुख, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति तथा कूटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा निर्वाचन आयुक्त इला शर्मालगायतले अभिव्यक्ति दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।