शुक्रबार, चैत्र १६, २०८०

निर्मलाका हत्यारा बालुवाटार, सिंहदरबार जहाँसुकै भए पनि छुट नपाउने गृहमन्त्री थापाको जिकिर

सांसद र मन्त्रीबीचको प्रश्नोत्तर कार्यक्रम : 

काठमाडौ माघ २३ ,प्रतिनिधिसभाको आजको बैठकमा सांसद र मन्त्रीबीचको प्रश्नोत्तर कार्यक्रमको सुरवात गरिएको छ । सांसदहरुले समसामायिक विषयमा तालुकदार मन्त्रीलाइ प्रश्न गर्न र त्यसको जवाफ सम्बन्धीत मन्त्रालयका मन्त्रीले दिने व्यवस्था अनरुप आजबाट प्रस्तुत कार्यक्रमको सुरवात गरिएको हो । यसअघि प्रधानमन्त्रीसंगको प्रश्नोउत्तर कार्यक्रम सञ्चालनमा आइसकेको छ ।

यसैक्रममा आजको प्रश्नोउत्तर कार्यक्रममा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा युवराज खतिवडालाई प्रश्न सोध्नुभएको थियो ।

त्यस क्रममा सांसद सांसद डिला सङ्ग्रौलाले निर्मला पन्तको बलात्कार र हत्यारा सिंहदरबारमा लुकेको भन्दै अपराधी कहिले पक्राउ पर्छन् भन्दै गृहमन्त्री थापालाई गर्नुभएको प्रश्न को उत्तर दिदै गृहमन्त्री थापाले पन्तको हत्यारा जहाँसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता सहित अपराधी बालुवाटार सिंहदरबार जहाँसुकै भए पनि अपराधीले छुट नपाउने र कानूनी कारवाही हुने बताउँनुभएको छ ।

त्यस्तै सांसद गगन थापाले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ५ दिनभित्र सार्वजनिक गर्ने घोषणा केही समय अगाडि गर्नुभएको थियो, तर अपराधी किन पत्ता लागेनन् भन्दै गृहमन्त्री थापालाई प्रश्न गर्दा गृहमन्त्री थापाले रक्षा मन्त्री पोखरेलले सरकारले छिट्टै अपराधी पत्ता लगाउँछ भन्ने आशयका आधारमा उक्त धारणा अभिव्यक्त गरेको हुनसक्ने जानकारी दिदै नुभएको प्राप्त समाचारमा उल्ल्ोख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।