बुधबार, बैशाख १२, २०८१

नव-नियुक्त राजदूतलाइ सपथ

काठमाडौं फागुन ६, राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका लागि नियुक्त नेपाली राजदूतहरुलाई सोमबार पद तथा गोपनीयताको शपथ दिलाउँनु भएको छ ।

राष्ट्रपतिको कार्यालयमा आज आयोजित एक कार्यक्रमकावीच क्रमस संयुक्त अरब इमिरेट्सका लागि नेपालका आवासीय राजदूत कृष्णप्रसाद ढकाल, मलेसियाका लागि नेपालका आवासीय राजदूत उदयराज पाण्डे, कुवेतका लागि नेपालका आवासीय राजदूत दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि नेपालका आवासीय राजदूत दीपक अधिकारी शपथग्रहण गराउँनु भएको हो ।

शपथग्रहण कार्उूक्रमको अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको
राष्ट्रपतिको कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्दारा जारी विज्ञप्तिा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।