शुक्रबार, चैत्र १६, २०८०

नक्कली बिल भरपाईको आधारमा सरकारी रकम हिनामिना गर्ने भ्रष्टहरु विरुद्ध मुद्धा दायर

काठमाडौ फागुन ३,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला कृषि विकास कार्यालय, तेह्रथुमका प्राविधिक सहायक हरिगोपाल आचार्यसहित ३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दंगालद्दारा जारी विज्ञप्तिमा आचार्यले अलैंचीको बिरुवा खरिद गरी कृषकहरूलाई बितरण गर्दा कमिशन दिने व्यक्तिलाई मात्र दिएको, कमिशन रकम गोप्य रुपमा दिनु पर्ने अनि बाँकी रकम बिलबाट लिने गरी लाखौं लाख रकम घोटाला गरेको र ईलामबाट बिरुवा ल्याउँदा र बिरुवा सम्बन्धित क्षेत्रमा पुर्‍याउंदा गाडी भाडासमेत घोटाला गरेको भन्ने उजुरी उपर छानविनको क्रममा आयोगले रु १० लाख ८६ हजार ७२५ बराबरको भ्रष्टाचार गरेको ठहर सहित उनिविरुद्ध मुद्दा दायर गरेको उल्लेख गरिएको छ ।

त्यस्तै आयोगले अलैंची रोग व्यवस्थापन तथा नर्सरी स्थापना र कृषि प्रसार कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट कार्यक्रम सञ्चालन गर्दा नक्कली बिल भरपाईको आधारमा भुक्तानीसमेत लिई सरकारी रकम हिनामिना गरी भ्रष्टाचार कार्यालय प्रमुख मनोज यावद विरुद्ध रु १० लाख ८६ हजार ७२५ , लेखापाल डिल्लीप्रसाद आचार्य रु १० लाख ८६ हजार ७२५ र नायब सुब्बा दुर्गाप्रसाद पौडेलले रु ५ लाख ४६ हजार २५० बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको छ ।

यस्तै आयोगले भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपु¥याएको भन्दै यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखराका तत्कालीन शाखा अधिकृत बाबुराम लामिछाने र हाल यातायात व्यवस्था कार्यालय, भरतपुरमा कार्यरत नायब सुब्बा ऋषिराम ढकाल विरुद्ध मुद्दा पनि आजै दर्ता गरेको छ ।

यसैवीच आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार सञ्जयकुमार ठाकुरले जग्गा रजिष्ट्रेसन पास गर्दा लाग्ने कर राजश्व छुट गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग रु ५० हजार घुस मागेको अभियोगमा मुद्दा दायर गरेको छ भने प्रगति माध्यमिक विद्यालय बेलभरिया रुपन्देहीको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लेखनाथ शर्माको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।