शुक्रबार, चैत्र १६, २०८०

दुश्मन…..

-सनतकुमार थापा –

दुश्मन तैले यति बिग्घन नगरेको भए आज म किन यहाँ पुग्थे ।

तैले पटक पटक नघोचेको भए किन म सोच्न बाध्य हुन्थे।।

धुपौरेहरू वरिपरि राखि भट्टीमा बसि त खित्का छाड्छस्।
अनि दु:ख दिन पाएकोमा रक्सीको सुरमा गदगद् हुन्छस्।।

तैले घोच्दा पिडा असयनै भै कहिले कहि रिसाउन बाध्य हुन्थे।
तर के थाहा तलाई झन निखार र तिखार भई म अगाडी बड्थे।।

विश्वकर्माले तरवारमा धार लगाउदा तरवारले केहि अंस गुमाए झै।
धारिलो भई त्यो तरवारले अगाडी आएका दुश्मनलाई छिनाए झै।।

सधै यसै गरि पछाडी लागी राख मेरो तलाई मुरी मुरी शुभकामना।
म सचेत हुदै अगाडी बढ्दै जान्छु तलाई हुन्छ पश्चाताप अन्तिममा।।

त कहिले मेरो इमान्दारीता , नैतिकता अनि चरित्रको कुरा गर्दैनस ।
किनकी यसमा तैले टिका टिप्पणी गर्ने कुनै पनि ठाउ भेट्टाउदैनस ।।

अझ सधै यसै गरि पछाडी लाग दुई जना भेला हुदा पनि मेरै कुरा काट।
मेरो बिषयमा अनुसंधान गरि पछि लाग्न त जिवनमा कहिले नथाक।।

मेरो पदको कुरा गर मेरो क्षमताको कुरा गर मेरो संम्पतीको कुरा गर ।
ए मेरो शुभचिन्तक अनि प्यारो दुस्मन सधै भरि त मेरो मात्रै कुरा गर।…….

(थापा -काठमाडौं महानगरपालिका सामाजीक विकास विभागका प्रमुख हुनुहन्छ ।)

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।