शुक्रबार, चैत्र १६, २०८०

घुस लिएको अभियोगमा इञ्जिनीयर बजगाईं पक्राउ

काठमाडौं फागुन ५, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर बेलौरी नगरपालिका कार्यालयका सब–इञ्जिनीयर हृदयराज बजगाईंलाई रु ६० हजार घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।

बेलौरी नगरपालिकमा कलभर्ट निर्माण कार्य सम्पन्न भइसकेको ठेक्काको अन्तिम बिल भुक्तानीके क्रममा इञ्जिनीयर बजगाईंले घुस माग्दै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोलीले आज कार्यालय परिसरबाटै बजगाईंलाइ पक्राउ गरेको आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै आयोगका प्रवक्ता रामेश्वर दङ्गालद्दारा जारी अर्को विज्ञप्तिमा  मालपोत कार्यालय सप्तरीका नासु रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहले मोही जग्गाको बाँडफाँट भई स्रेस्ता कायम गराई दिने भन्दै घुस मागेको अभियोगमा निज शर्मा र साह समेतलाइ पक्राउ गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।