शुक्रबार, बैशाख १४, २०८१

खबरदार, होशियार…

काठमाडौ फागुन १३,

-सनतकुमार थापा –

               कानुन उलंघन गर्ने जो कोही पनि हुन्छ कार्बाहीको भागिदार !
कुनै पनि निर्णय गर्दा प्रचलित कानुनको गर है तिमी बिचार !!

खबरदार फेरी तिमी कानुन जानेर वा नजानेर उलंघन गर्लाऊ!
कानुन भन्दा ठुलो कोहि पनि छैन फेरी कारबाहीमा पर्लाऊ!!

                    कसैको दबाब र बहकाउमा तिमी हेर जानी नजानी फेरी पर्लाऊ!
फाईदा अरूको हुने तिमी बेकारमा बिवाद र कारबाहीमा पर्लाऊ!!

कसैले तिम्रो चाकरी गरेकोमा हेर तिमी फेरी दंग र मक्ख होलाऊ!
कानुनको उलंघन हुन गएमा सम्पूर्ण जबाफ देहिमा तिमी पर्लाऊ !!

                          केहि स्वर्थी ब्यक्तिहरू हेर आफु अनुकुल कानुनको ब्याख्या गर्छन !
तिम्रा काधमा बन्दूक राखि निरअपराध ब्यक्तिलाइ ढाल्न खोज्छन!!

प्रचलित कानुन बिपरितको काम हेर तिमी लोभ लालचमा परि गर्लाऊ !
तिम्रो सानो गल्तिले पुर्खाको ईज्जत र सन्ततिको भबिष्य बर्बाद पार्लाऊ!!

                           प्रचलित कानुनको उलंघन हुने गरी कुनै पनि काम नगर खबरदार !
  शुभचिन्तकको नाताले हेर तिमीलाई समयमै गराउँदछु होशियार !!

लेखक: कामपा सामाजिक विकास विभागका विभागीय प्रमुखको जिम्मेवारीमा हुनुहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।