शुक्रबार, बैशाख ७, २०८१

कृषि र शिक्षाक्षेत्रको विकास पछिमात्रै मुलुक समृद्धिको मार्गमा : अध्यक्ष प्रचण्ड

  • ‘कहिलेकाहीँ राजनीति परिस्थिति हेरेर बडो दिक्क लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडौं कि भने जस्तो हुन्छ
  • सामूहिक खेती वा व्यक्तिगत कम्पनि मार्फत आधुनिक खेती गरे कमाउन विदेश जानु नपर्नेमा जोड
  • सुनको टुक्रा जस्तो जमिन बाँझो बनाइ विदेश जान तछाड मछाड गरेको देख्दा दिग्दार लाग्ने गरेको व्यक्तिगत अनुभूति सार्वजनिक गर्नु भएको छ ।

भक्तपुर फागुन ११ /रामचन्द्र प्रजापति,  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भक्तपुरको ठिमी चारदोबाटोस्थित भक्तपुर तरकारी तथा फलफूल बजारको आज एक कार्यक्रमकावीच उद्घाटन गर्नु भएको छ । त्यस्तै अध्यक्ष प्रचण्डले उद्घाटनसत्रलाइ सम्बोधनगर्ने क्रममा युवाहरुले सामूहिक खेती वा व्यक्तिगत कम्पनि मार्फत आधुनिक खेती गरे कमाउन विदेश जानु नपर्नेमा जोड दिनु भएको छ । साथै उहाँले ‘कहिलेकाहीँ राजनीति परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडौं कि भने जस्तो हुन्छ त्यसमाथिपनि मुलुकका युवाहरु सुनको टुक्रा जस्तो जमिन बाँझो बनाइ विदेश जान तछाड मछाड गरेको देख्दा दिग्दार लाग्ने गरेको व्यक्तिगत अनुभूति सार्वजनिक गर्नु भएको छ ।

साथै उहाँले राज्यले कृषि र शिक्षामा पर्याप्त बजेट छुट्याउन नसक्दा पर्याप्त प्रतिफल प्राप्त हुन् नसकेको स्वीकार गर्दै कृषि र शिक्षा क्षेत्रको विकास पछिमात्रै मुलुकको समृद्धिको मार्गमा नयाँ आयाम सिर्जना हुँने उहाँको भनाइ रहेको थियो ।

सम्बोधनकै क्रममा अध्उइा प्रचण्डले भने जनताले मेहनत गरेकै छ। श्रम गरेकै छ। पसिना बगाएकै छ।’ कृषकको समस्या समाधान राज्यले नै गर्नुपर्दछ । यो जनतालाई दोष दिने कुरा होइन। राज्यले कृषिमा अनुदान, प्रोत्साहन र सहुलियत ऋण दिने गरेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि कृषकमुखी कार्यक्रमहरु सुरु भएको र आगामी दिनमा कृषकहरुले सरकारबाट प्रयाप्त सहयोग पाउने वातावरण बनाउँन आफुले पहलकदमी लिने बताए ।

कार्यक्रममा कृषि मन्त्री चक्रपाणि खनालले सरकारले यसै बर्ष ५ करोड रकम व्यवस्थित तरकारी बजारको लागि बजेट रहेको बताउनु भयो। युवालाई कृषिमा आकर्षित गर्न कार्यक्रमहरु ल्याएको जिकिर गर्दै छिट्टै नेपालमा कृषि क्रान्ति मार्फत समृद्धि प्राप्त हुने बताए।

त्यस्तै मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भक्तपुरबाट पुर्वीभेग काभ्रे ,सिन्धुपाल्चोक लगाएतका जिल्लालाई केन्द्रित गरि संचालित तरकारी बजारमा मध्यपुर थिमी नगरपालिकाले फोहोरलाई कम्पोस्ट मल बनाइरहेको र अर्गानिक तरकारी उत्पादन गरेको कार्यक्रममा बताउनु भएको उक्त कार्यक्रम भक्तपुर तरकारी तथा फलफूल बजारका प्रोपाइटर श्यामसुन्दर बस्नेतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

भक्तपुरमा ठूलो तरकारी बजार स्थापना, पुस २५ गतेदेखि सञ्चालनमा आउने

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031