शुक्रबार, चैत्र १६, २०८०

कार्ययोजनाको कार्यान्वयनसंगै बिपद् सुरक्षा र व्यवस्थामा परिणाम देखिने मेयर शाक्यको जनाउ

काठमाडौंं फागुन १४, विश्वव्यापी समस्यासँग जुध्न विश्वका २० वटा र दक्षिण एशियाका ५ वटा सहर क्रमस मंगोलियाको उलानवोटार, नेपालको काठमाडौं, बंगालादेशको नर्थ सिटी, म्यानमारको माओला र इन्डोनेशियाको शिलाक्यापमा सहरले बिपद् क्षति न्युनीकरणका लागि समुदायको क्षमता बिकास गर्न कार्ययोजना प्रस्तुत गर्ने क्रममा काठमाडौं महानगरले बिपद्का समयमा समाजलाई सुरक्षित र व्यवस्थित गर्ने कार्ययोजना संयुक्त राष्ट्र संघीय बिपद क्षति न्युनीकरण कार्यक्रम, दक्षिण एशिया प्रतिनिधि तेजास पटनायकलाइ बुझाएका छन ।

कार्ययोजना बुझाउँने क्रममा कामपा प्रमुख विद्यासुन्दर शाक्यले सेन्दाइ फ्रेमवर्क कार्यान्वयनका लागि सन् २०१५ देखि २०३० सम्म सञ्चालन हुने दिगो तथा उत्थानशील सहर नमूना परियोजनाबाट काठमाडौंबासीलाई म सुरक्षित छु । मेरो सहर सुरक्षित छ भन्ने आत्मविश्वाश जगाउने उल्लेख गर्दै कार्ययोजना पूर्ण कार्यान्वयन हुने विस्वास सहित योजनाको कार्यान्वयनसंगै बिपद् सुरक्षा र व्यवस्थाका परिणामहरु देखिन थाल्ने बताउँदै सेन्दाइ फ्रेमवर्कमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुने बिश्वाश व्यक्त गर्नु भएको छ ।

युरोपियन आयोग, युनाइटेड नेशन्स अफिस फर डिजास्टर रिक्स रिडक्सन र सिड्सको सहयोगमा काठमाडौं महानगरपालिकाले कार्ययोजना तयार पारेको हो । यस क्रममा गत असोज १६ देखि १८ गतेसम्म आयोजना गरिएको “जलबायु परिवर्तन अनुकुलन तथा विपद् क्षति न्युनीकरण कार्ययोजना कार्यशालामा बिपद् क्षति व्यवस्थापनका सिद्धान्त, समस्यासँग जुध्ने क्रममा प्राप्त भएका अन्तरराष्ट्रिय सिकाइ र आफ्नो बस्तुस्थितिको व्यवहारिकताको बिश्लेषण गरिएको थियो ।

साथै कार्ययोजनामा आपद आइलागेपछि व्यक्तिमा तनाव न्यूनिकरणका गर्दै बिपत्तिको जोखिम घटाउन बिकास र व्यवस्थापनमा काम गर्ने निकाय तथा कामका बीचमा सम्बन्ध स्थापित गर्ने, समस्यालाई समाधान गर्न चरण चरणमा काम गर्ने क्षमता बढाउने, खाद्य बस्तुको उत्पादन, उपलब्धता र भण्डारण, आर्थिक, सामाजिक, भौतिक तथा मानवीय क्षतिका तत्कालीन, मध्यकालीन र दीर्घकालीन काम, अस्पताल, विद्यालय जस्ता सार्वजनिक भौतिक संरचनाको सुधार र समुदायको क्षमता विकासमा कामका काम समेटिएका छन् ।

त्यस्तै मेयर शाक्य मार्फत कार्ययोजना बुझ्दै संयुक्त राष्ट्र संघीय बिपद क्षति न्युनीकरण कार्यक्रम, दक्षिण एशिया प्रतिनिधि तेजास पटनायकले दक्षिण एशिया प्रतिनिधि पटनायकले स्थानीय, सरोकारवाला र बिज्ञसँगको छलफलपछि तयार पारिएको कार्ययोजनाले ठोस परिणाम ल्याउने आशा गरिएको बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।