शनिबार, बैशाख ८, २०८१

काङ्ग्रेसद्वारा शोक प्रकट

काठमाडौ फागुन १५ नेपाली काङ्ग्रेसले ताप्लेजुङमा आज भएको हेलिकप्टर दुर्घटनामा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ ।  पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अघि बढ्नुभएका मन्त्री अधिकारी नेपाली राजनीतिका उदीयमान युवा नेता रहेको उल्लेख गर्दै उहाँको निधन भएकोमा नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

त्यस्तै प्रस्तुत दुःखद घटनामा यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक धु्रव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर के।सी। र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधनले अत्यन्तै दुःखी बनाएको समवेदना विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

साथै दुर्घटनामा ज्यान गुमाउनुभएका सबैको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोक सहने शक्तिका लागि भगवान्सँग प्रार्र्थना गर्दै पार्टीले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग आग्रह समेत गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।