बिहिबार, बैशाख ६, २०८१

काङ्ग्रेसद्वारा पक्राउ गरिएको विद्यार्थी नेताहरुलाइ तत्काल रिहा गर्न माग

माघ २१ को विरोध प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद ज्ञापन सहित अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्न भविष्यमा पनि अझ बढी सक्रियताको अपेक्षा

काठमाडौ माघ २२ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आन्दोलनका क्रममा पक्राउगरिएका पार्टीका भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेता तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेस मुख्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्दारा जारी विज्ञप्त्मिा आन्दोलनमा रहेका विद्यार्थी नेता पक्राउ गरिएको भन्दै घटनाको निन्दा गर्नाका साथै गिरफ्तार गरिएका सबै विद्यार्थी नेतालाई तुरुन्त रिहाइ गर्न माग गरिएको हो ।
त्यस्तै विज्ञप्त्मिा मुलुकमा बढ्दै गएको हत्या, हिंसा, बलात्कार, महँगी, भ्रष्टाचारका अतिरिक्त संविधान, सङ्घीयता र संसदीय व्यवस्थाको मर्म र भावना विपरीत क्रियाकलापका विरुद्ध सङ्घद्दारा पोखरामा गरिएको प्रदर्शनको क्रममा विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुट्टा मुद्दामा फसाएर थुनामा राखेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रस्तुत घटनाको विरोध गर्दै गिरफ्तार विद्यार्थी नेताको रिहाइको माग गर्दै काठमाडौँको नयाँ बानेश्वरमा आज गरिएको प्रदर्शनमा सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष नवीन राईलगायत विद्यार्थी नेता डम्बर सुनार, प्रेम शाही, शङ्कर खड्का, सरोज तिमिल्सिना, निराजन नेपाल, सञ्जीव ढकाल, रबिन केसी, सञ्जीव खड्का, सागर पाण्डे, हृदयराज मिश्र, सुनील सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी, सुरज सैजुवाल, अशोक सिंह विष्ट, अनुराग शाह, जेम सिंह राई र रोहित नेपाललाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसैवीच काङ्ग्रेसले यही माघ २१ गते मुलुकभर गरेको विरोध प्रदर्शनमा स्वतस्फूर्त अपार जनसहभागिता भएको भन्दै प्रदर्शनमा सहभागी सबैलाई धन्यवाद दिएको छ । काङ्ग्रेसले आजै एक विज्ञप्तिमार्फत अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्न भविष्यमा पनि अझ बढी सक्रियता हुने पार्टीले विश्वास व्यक्त   गरेको छ ।

त्यस्तै वर्तमान अधिनायकवाद उन्मुख कम्युनिष्ट सरकार हजारौं नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त संसदीय लोकतान्त्रिक, गणतन्त्र र यसका आधारभूत मूल्य र मान्यतालाई क्षत विक्षत बनाउँदै भ्रष्टाचार, महंगी, हत्या, हिंसा र बलात्कार जस्ता गैर कानूनी र अपराधिक घटनाको मतियार बनेको छ । जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको सर्वोच्च निकाय संसदमा संसदीय पद्धति र प्रचलन विपरीत एकदलीय शैलीमा प्रतिपक्षीलाई निषेध गर्दै हैकमवादी शैलीमा संसद संचालन गर्ने, प्रधानमन्त्री स्वयंको अग्रसरतामा गरिएको सम्झौता विपरीत संसदलाई ढाँटेर चिकित्सा शिक्षा विधेयक विवादास्पद र जवर्जस्ती तरिकाले पारित गर्ने, चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राखी शान्तिपूर्ण सत्याग्रहमा रहेका डा। गोविन्द के।सी।को माग र जीवन रक्षाप्रति मन्त्रि स्वयंबाट विल्कूलै अनुत्तरदायी र गैर जिम्मेवार अभिव्यक्ति र व्यवहार गरिनु, मुलुकको ऐतिहासिक परिवर्तनका धरोहर स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गर्ने प्रपञ्च गर्नु, संवैधानिक परिषद्मा विपक्षी दलको नेतालाई छलेर संवैधानिक आयोगमा मनपरी नियुक्ति गर्नु, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र जघन्य हत्याका दोषीलाई संरक्षण गरी निर्दोष व्यक्तिलाई चरम यातना दिई जवर्जस्ती अपराध कबुल गराउने दुष्प्रयास गर्ने जस्ता अत्यन्त क्रूर र निन्दनीय घटनाहरुमा वर्तमान सरकार स्वयं संलग्न र साझेदारी रहेको प्रष्ट भएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।