बिहिबार, बैशाख ६, २०८१

काँग्रेसले भन्यो भेनेजुयलाको राजनीतिक घटनाक्रममा सत्तारुढ पार्टीको विज्ञप्ति अपरिपक्व

काठमाडौ माघ २०,  नेपाली काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको निष्कर्षको पहिचान गरेको  छ ।

त्यस्तै बैठकले नेपालको विकासका लागि झण्डै ६ दशक भन्दा लामो समययतदेखि सहयोग गर्दै आइरहेको मित्र राष्ट्र संयुक्त राज्य अमेरिकाले आज पनि मुलुकको भौतिक र सामाजिक पूर्वाधार निर्माणका क्षेत्रमा उल्लेखनीय सहयोग गर्दै आइरहेको अवस्थामा सत्तारुढदल सरकाको तर्फबाट भएको अपरिपक्को कुटनिटिक रवैयाका कारण गम्भीर समस्या सिर्जना भएको भन्दै यस्तो निष्कर्षके पहिचान गरेको हो ।

साथै काङ्ग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले तत्कालीन देउवा सरकारले जारी गरेको चिकित्सा शिक्षा अध्यादेश र वर्तमान सरकारले प्रा डा गोविन्द केसीसँग सम्झौता गरेबमोजिम त्यससम्बन्धी विधेयक सच्याउन निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।