कांग्रेसद्वारा सरकार विरुद्ध देशभर प्रदर्शनः जनता ढाँट्ने काम नगर्न कम्युनिष्ट सरकारलाइ चेतावनी दिदै सरकारको यस्तै रवैया रहिरहे कुनै पनि बेला सरकार ढल्ने नेता जोशीको जनाउ
काठमाडौं माघ २१, प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसकोले आज काठमाडौं उपत्यका सहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
नेकपाका अध्यक्ष केपी ओली नेतृत्को सरकारले दुइतिहाइको दम्भ सहित प्रदर्शन गर्दै आएको अराजकताको विरुद्ध गत माघ १३ केन्द्रीय समिति बैठकले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरे अनुरुपको पूर्व निर्धारित कार्यक्रम अन्र्तगत आज ७७ वटै जिल्लामा शान्तिपूर्ण विरोधसभा र प्रदर्शन गर्ने सरकारको तर्फबाट हस्तक्षेप भए त्यसको प्रतिकार गर्ने तयारी सहित आज देशव्यापी प्रदर्शन गरेको हो ।
प्रदर्शनको क्रममा काँग्रेसले देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकारले देखाएको उदासिनता ,महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णय विरुद्ध नारावाजी गरेका थिए। त्यस्तै वाइडवडी विमान खरिद प्रकरण चिकित्सा शिक्षा विधेयकको खारजी , निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्नुपर्नेलगायतका माग लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
यसैक्रममा काठमाडौं काँग्रेसको अगुवाइमा भएको शान्तिबाटिकाबाट शुरु भएको प्रदर्शन र राजधानीको बागबजार पुतलीसडक शहीदगेट, सुन्धारा हुँदै पुनः शान्तिबाटीकामा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।
सभालाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता प्रकाशमान सिंहले बर्तमान सरकार पूर्ण रुपमा असफल भएको आरोप लगाउँदै राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्वदायि भूमिका निर्वाह गरेको काँग्रेसको मौनतालाइ कमजोरी सम्झने काम गरे त्यो सरकारको लागि घातक हुने चेतावनी दिदै कम्युनिष्ट सरकारले लोकतन्त्रलाई नै खतरामा पारेको बताउँनु भएको छ ।
त्यस्तै पार्टीका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले कोणसभालाइ सम्बोधन गर्दै कम्युनिष्ट सरकारलाइ जनता ढाँट्ने काम नगर्न चेतावनी दिदै सरकारको यस्तै रवैया रहिरहे कुनै पनि बेला सरकार ढल्ने जनाउ दिनु भएको थियो । त्यस्तै पूर्व सभामुख तारानाथ रानाभाटले सरकारलाई ठेगान नलगाएसम्म सडक संघर्ष जारी राख्न पर्नेमा जोड दिनु भएको उक्त कोणसभालाइ सांसदद्वय भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसी,काठमाडौँ काङ्ग्रेसका सभापति कृष्ण बानियाँ ,तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइ लगायतले सम्बोधन गर्नुभएको थियो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता
- कतारका राजा थानी शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु
- कतारका राजा नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
- जर्मनीको फ्रयान्कफर्टमा रन्जुको एकल चित्रकला प्रर्दशनी
- विकास र समृद्धिका लागि निजी क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गरौँ प्रधानमन्त्री
- राष्ट्रपति पौडेलले कतारका राजा थानीको स्वागत गर्ने, यस्तो छ भ्रमण तालिका
- आज १८ औँ लोकतन्त्र दिवस मनाइँदै
- आज बालाजु २२ धारा मेला र हनुमान जयन्ती मनाइदैँ
- नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष पेस गर्ने सरकारको निर्णय
- राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारबाही गर्न मन्त्रालयको कडा निर्देशन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान