शुक्रबार, बैशाख ७, २०८१

एक जुट होऊ….

काठमाडौ फागुन ३,

-सनतकुमार थापा –

फुल संग नगर अपेच्छा तिमि सधै दिन्छ सूगन्ध भनि !
कहिले कही त्यहि फूल बाट बर्षने गर्दछ दूर्गन्ध पनि !!

फूलहरू हून्छन् वासना आउने सून्दर र उपयोगी पनि !
केहि फूलहरू हून्छन् बिषालु र अति हानिकारक पनि !!

फूलहरू संग संगै हून्छन् बिषालु तिखा कांडाहरू पनि !
कहिले कहीं सारै उपयोगी हून्छन् है ति कांडाहरू पनि !!

ईश्वरले श्रृष्टी त्यसै गरेका हैनन् राम्रा र नराम्रा भनि !
राम्रोको महत्व हूने थिएन नभएको भए नराम्रा पनि !!

यी सबैको श्रृष्टी भएको छ मानिसमा आवोस चेतना भनि !
धन्यछ प्रभू लौ कति गर्न सकेका हौ अनगिन्ती श्रृष्टी पनि !!

झूक्किन्छन् कहिले कहिं ठूला ठूला विद्वान र राजनेताहरू पनि !
अप्सराको अगाडी लौ मति भ्रष्ट भयो विश्वामित्र ऋषिको पनि !!

अब यो पार्टी उ पार्टी भनेर विवाद नगरौ हामी जनताहरू पनि !
बिकासको अभियानमा एक जुट होऊ सबै राजनैतिज्ञहरु पनि!!

लेखक: कामपा सामाजिक विकास विभागका विभागीय प्रमुखको जिम्मेवारीमा हुनुहन्छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031