शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाको एकीकृत बिकासबाट मात्र महानगरको समृद्धि सम्भव : प्रमुख शाक्य

काठमाडौं माघ २७, काठमाडौं जिल्लाका सबै नगरलाई काठमार्डौं महानगरले जनही १ करोड रुपैयाँ उपलब्ध गराएको छ । पार्क निर्माण तथा हरियाली प्रबर्धन र सार्वजनिक जग्गा संरक्षणका लागि खर्च गर्ने गरी रकम उपलब्ध गराएको हो । आज राजधानीमा आयोजित एक कार्यक्रमकावीच महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले नगर प्रमुखहरुसँग साझेदारिता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्दै सहयोग रकमवापत्को चेक उपलब्ध गराउनु भएको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमलाइ सम्बोधन गर्दै महानगर प्रमुख शाक्यले उपत्यकाको एकीकृत बिकासका लागि नगरपालिकाबीच एउटै मत छ । हुन त महानगरभित्र पनि गर्नु पर्ने काम धेरै छन् । ती काम गरिरहेका पनि छौं । तर, छिमेकी नगर समृद्ध नभइ महानगर एक्लै समृद्ध हुन सक्दैन । त्यसैले हामी नगर—नगर साझेदारिताबाट अघि बढेको जनाउ दिदै छिमेकीसँग मिलेर गर्नु पर्ने धेरै काम गर्न बाँकी रहेको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा उपमेयर हरिप्रभा श्रेष्ठ खड्गी लगायतका वक्ताले सम्बोधन गर्नु भएको प्रस्तुत कार्यक्रममा कीर्तिपुर नगरपालिका शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, बूढानिलकण्ठ नगरपालिका, तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिकाको तर्फबाट प्रस्तुत योजना अनुरुपको कार्य सम्पादनका लागि सो रकम हस्तान्तरण गरिएको थियो ।

त्यस्तै महानगरले उपलब्ध गराएको रकम प्रचलित खरिद ऐनको प्राबधानबमोजिम खर्च गर्नु पर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै नगरले जुन योजना पेश गरेर रकम प्राप्त गरेको हो, त्यसै योजनामा रकम खर्च गर्नु पर्नेछ । यदि यसो नभए, नगरले प्राप्त गरेको रकम महानगरलाई व्याजसहित फिर्ता गर्नु पर्ने उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031