बुधबार, बैशाख १२, २०८१

आज ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर मनाईदै

काठमाडौं फागुन ७, आज फागुन ७ अर्थात ६९औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईदैछ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ। यसैक्रममा दिवसको अवसरमा सैनिक मन्च टुँडिखेलमा आज बिशेष कार्यक्रमको आयोजना गरिएको छ।

प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनुभएको थियो । प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उहाँहरूलाई मृत्युदण्ड दिइएको थियो ।

विसं २००० पछि स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेस र नेपाल राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।

त्यस्तै प्रम  केपी ओलीको अध्यक्षतामा गठित ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिको कैठकको निर्णय अनुरुप तीन दिनसम्म विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउने क्रममा फागुन ६ गते दिपावलीसँगै उपत्यकाका महानगर र नगरपालिकाले आआफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं व्यानरसहित नगरको सरसफाइ र सजावट लगायतका कार्यक्रमको आयोजना गरिएको छ।

 आज फागुन ७ गतेका दिन राष्ट्रपति , उपराष्ट्रपति मूल समारोहमा समितिका अध्यक्ष एवं प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, संवैधानिक आयोगका अध्यक्ष र सदस्य, मन्त्रीलगायतको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा बिहान नेपाली सेनाले बिगुल बजाउने, तोप र बन्दुकबाट बढाइँ गर्ने, पुष्पवृष्टि र बेलुन उडाउने तथा शहीदको आत्माको चिरशान्तिको कामना लगायतका कार्यक्रम रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।