शुक्रबार, चैत्र १६, २०८०

अस्पतालको भौतिक संरचना निर्माणको लागि दाताको सहयोग आवश्यक: राज्यमन्त्री डा यादव

भक्तपुर माघ २३ /राम चन्द्र प्रजापति , स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र कुमार यादवले संविधानले निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न पाउँने अधिकारको प्रत्याभुत गरे अनुरुप ७५३ वटै स्थानीय तहमा १५ शैयाको अस्पताल स्थापना गर्न नसकिएको बताउँनु भएको छ ।

बेलायती विकास नियोगको कूल रु ३२ करोडको लागत सहयोगमा भक्तपुर अस्पताल भवनको रेक्टोफिटिङ र नयाँ भवन निर्माणका डिजाइन हस्तान्तरण कार्यक्रममा वोल्दै राज्यमन्त्री यादवले देशका ७५३ मध्ये १०९ स्थानीय तहमा मात्रै १५ श्ययासम्मको अस्पताल सञ्चालन रहेको जानकारी दिनु भएको छ । यद्यपी राज्यमन्त्री यादवले राज्यले चिकित्सकसहितको मानव स्रोत परिचालन गर्न सकेपनि भौतिक सरचना निर्माण गर्न दाताको सहयोग आवश्यक रहेको बताउँदै यसको लागि हातेमालोको जरुरी रहेको बताए ।

त्यस्तै कार्यक्रममा प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पताललाई वीरअस्पतालको विकल्पको अस्पतालको रूपमा विकास गर्नुपर्नेमा जोड दिदै चुनौतीलाई बहाना बनाई कसैले जिम्मेवारीबाट भाग्न सकिन्न त्यसैले सवै जिम्मेवार निकायले आआफ्नो दायित्व पूरा गर्नु पर्ने बताउनु भएको छ ।

भक्तपुर अस्पताल बिकास समितिका अध्यक्ष मिलन सुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष सुवालले अस्पताललाइ भौतिक सुविधा सम्पन्न गरि गुणस्तरिय आधुनिक सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै भक्तपुर अस्पताल पुन संरचना निर्माण डिजाइन हस्तान्तरण गर्नु भएको थियो।  भक्तपुर अस्पताल पुन संरचना निर्माणको डिजाइनका सवालमा सुनिल खड्काले जानकारी दिनु भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुधा देवकोटा, लगायतले वोल्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।