आइतवार, अशोज ५, २०७६
अन्तरवार्ता ताजा

नियमनको क्षमता नभएको विभागले गुणस्तरिय औषधीको कुरा गर्नु किमार्थ तर्कसंगत मान्न सकिन्न

: अध्यक्ष श्रेष्ठ ,एन.एम.एस.आर.ए

काठमाडौं फागुन १५,  शितल श्रेष्ठ नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ अर्थात एनएमएसआरएका केन्द्रीय अध्यक्ष हुनुहन्छ । ट्रेड युनियनकर्मी समेत रहेका अध्यक्ष श्रेष्ठ विगत लामो सयमयतादेखि यस क्षेत्रमा त्रियाशील रहदै आउँनु भएको छ । प्रष्टवक्ता एमव् सरल व्यक्तित्वका धनी अध्यक्ष श्रेष्ठ पछिले समय औषधी जगत सम्वद्ध विभिन्न संघसंस्थावीच साझा दृष्टिकोण आवश्यक भएको बताउँनु हुन्छ । साथै यसको लागि आफ्नो तह र तप्काबाट पहलकदमी सहित लागि पर्दै आउँनु भएको छ ।

यसै प्रसंगमा मुलुकको औषधी जगतका पछिल्लो समय सिर्जना भएका आरोह अवरोह  लगायतका विषयवस्तुमा केन्द्रीत हुँदै उहाँसंग kantipurhotline.com ले गरिएको विस्तृत कुराकानीको सारसंक्षेप   ।

⊕ मुलुकको औषधी जगतमा देखिएको पछिल्लो उतार चढाव कस्तो रहेको छ ?

औैषधी जगतमा देखिएको पछिल्लो उतार चढाव भन्नाले सकारात्मक एवम नकारात्मक दुवै घटनाक्रमले प्रशय पाएको अवस्था छ । नकारात्मक भन्नाले औषधीको व्यापारमा २२ सय प्रतिशतको नाफाको ब्रम्हलुट छ भन्ने आशयको समाचार प्रवाह हुनु जस्ता घटनाले जनताको स्वास्थ्य संग प्रत्यक्ष जोडिएको औषधीको व्यापार गर्ने व्यवसायलाइ सर्व साधारणले हेर्ने दृष्टिकोणनै धरापमा पर्नुको अलावा यत्र तत्र सर्वत्र अन्यौलको अवस्थाबाट गुज्रनु पर्ने अवस्था सिर्जना भएको छ भने सकारात्कपक्ष अन्र्तगत यावत विषम परिस्थतीका वाजुद पनि जनताको गुणस्तरिय औषधी सेवन गर्न पाउँनु पर्ने नसर्गिक अधिकारको रक्षाका लागि सम्वद्ध व्यवसायीले आफुलाइ अहोरात्र यस क्षेत्रमा समर्पित गर्नु रहेको छ ।

⊕ औषधी जगतमा आत्मानिर्भरताको नाममा सरकोकावाला निकायले आयातीत औषधिमा रोक लगाउँदै गरेको चर्चा सुनिन्छ  ?

मुलुक औषधीमा आत्मानिर्भर हुनुपर्छ यसमा कसैको दुइ मत होला जस्तोे मलाइ लाग्दैन । तर यहाँ एकतर्फी रुपमा स्वतन्त्र एवम् प्रतिस्प्रर्धी बजारको मान्यतालाइ नजरअन्दाज गर्दै आयातीत औषधीमा माथि धावा वोल्ने र आफु अनुकुलको बजार सिर्जना गर्न खोज्नु कुनै पनि अर्थमा न्यायोचित मान्न सकिन्न । त्यस्तै जनताले सस्तो मात्र होइन गुणस्तरिय औषधी सेवन गर्न पाउँनु पर्छ भन्ने मेरो बुझाइ हो । यद्यपी औषधीको आयात रोक्दै मनोमानीढंगबाट नागरिकको औषधी रोज्न पाउँने  अधिकारमाथि प्रहार गरिनु हुन्न । यसअर्थमा आयातीत ओषधीमा रोक लगाउँनु वा नलगाउँनु भन्दा पनि जनताले गुणस्तरिय औषधी सेवन गर्न पाउँनु पर्छ ।

स्वतन्त्र एवम् प्रतिस्प्रर्धी बजारको मान्यतालाइ नजरअन्दाज गर्दै आयातीत औषधीमा माथि धावा वोल्ने र आफु अनुकुलको बजार सिर्जना गर्नखोज्नु कुनै पनि अर्थमा न्यायोचित मान्न सकिन्न । त्यस्तै जनताले सस्तो मात्र होइन गुणस्तरिय औषधी सेवन गर्न पाउँनु पर्छ भन्ने मेरो बुझाइ हो ।

⊕ आयाती औषधीको तुलनामा स्वदेशी औषधी गुणस्तरिय र चर्का मुल्यको हुन्छ भन्नखोज्नु भएको हो ?

मेरो आशय त्यस्तो होइन कतिपय नेपाली कम्पनीले उत्पादन गरेका औषधी आयातीत औषधीको तुलनामा गुणस्तरिय र सस्तो पनि छन । त्यस्तै कतिपय औषधी स्वदेशी कम्पनीको उत्पादन भन्दा आयातीत औषधी गुणस्तरिय र सस्तो छ । यहाँ बुझुनु पर्ने प्रसंग भनेको यो सस्तो यो गुणस्तरिय भन्नु भन्दापनि जनताको क्रयशक्ति अनुरुपको गुणस्तरिय औषधीको उत्पादन वा आयात हुनुपर्छ । साथै यो वा त्यो वहानामा एकले अर्कालाइ निषेध गर्नु भन्दा पनि विश्वव्यापी खुला वजारको मान्यता अनुरुपको कार्य सम्पादन हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । साथै राज्यको निर्णय व्यक्ति केन्द्रीत हुनुहुन्न ।

⊕ सरोकारवाला राज्य मातहतका नियमक निकाय औषधीको नियमन लगायतका विषयमा त्यती गम्भीर नभएकै हो त ?

– नेपालको औषधी जगतका लागि सर्वेसर्वा निकाय भनेकै औषधी व्ववस्था विभाग हो । तर विभागले प्रभावकारी रुपमा नियमन गर्न नसक्नु नै यस क्षेत्रको विकराल समस्या भएके छ । विभाग स्वयमले नै प्रभावकारी नियमन गर्ने सक्ने क्षमता नभएको बताउँदै हिडुनु अनी गुणस्तरिय औषधीको कुरा गर्नु किमार्थ तर्कसंगत मान्न सकिन्न । औषधीको गुणस्तरियताको कुरा गर्ने हो भने विभागले आवश्यक मेकानिज्म तयार गर्नुपर्छ । अनिमात्र यस प्रसंगले सार्थकता पाउन सक्छ । विभागको यहि कमजोरीका कारण औषधी बजारमा अभाव र प्रभावको समस्या सिर्जना हुने गरेको अवस्था विद्यामन रहेको छ ।

त्यस्तै केहि समयअघि लिडोकेन जस्ता अत्यावश्यक औषधी वजारमा सर्टेज हँदा विभागले यसको व्यवस्थापन गर्न नसकेको अवस्था यसको ज्वलन्त उदाहरण हो भन्नुमा कुनै घक मान्नुपर्ने अवस्था छैन । समग्रमा भन्नुपर्दा बजार अनुगमन, नियमन र गणस्तरिय मापनका लागि विभागले आफुलाइ चुस्त दुरुस्त राख्न सक्ने अवस्था नभएसम्म विभागले यो वा त्यो कुरा गर्नुको कुनै अर्थ हुन्छ जस्तो मलाइ लाग्दैन । हो विभाग यस विषयमा चुस्त दुरुस्त भएको अवस्थामा भने नयाँ अपेक्षाको मार्ग चित्र बन्न सक्छन ।

⊕ आयातीत औषधीमाथिको प्रतिवन्धको सवालमा यहाँको प्रष्ट धारणा के हो त ?

– यसमा मेरो प्रष्ट दृष्टिकोण भनेको औषधी आयात गर्नुपर्छ तर सधै आयातीत औषधीमानै निर्भर रहिरहनुपर्छ भन्ने मेरो मान्यता विल्कुलै होइन । तर यसो भन्दैगर्दा औषधी आयात कहिले सम्म गर्ने हो त्यसकालागि राज्य र सरोकारवाला निकायले सिष्टम बनाउँदै फलो गर्नु सक्नुपर्दछ । जव राज्य स्वयमले निगितरुपमा जनताको नर्सर्गिक अधिकार अन्र्तगत रहेको गुणस्तरिय एवम् सर्वसुलभ रुपमा राजधानी देखि दुरदराज सम्म जनताको पहुँचमा औषधी पुयाउँन सक्छ, त्यसवेला भने केहि सोच्न सकिन्छ ।

तर हचुवाको भरमा व्यक्ति भरणपोषणका लागि व्यक्ति केन्द्रीत निर्णय कदापि गर्नु हुन्न । पूर्वाधार विना गरिने कुनैपनि निर्णले केवल थप सकटको स्थित सिर्जना गर्छ । त्यसअर्थमा पनि आयातीय औषधीमाथि प्रतिवन्ध लगाउँने सरकारी तयारी आफैमा घातक बन्न सक्छ । त्यस्तै म ट्रेड युनियनकर्मी संगै संस्थाको अध्यक्षको पनि भएको नाताले यस विषयमा सरकारले औषधीको आयातमा रोक लगाउँने नितिका कारण तत्काल यस क्षेत्रमा आवद्ध ४ हजार भन्दा बढि दक्ष जनशक्ति वेरोजगार बन्ने निश्चित छ । त्यसपछि वेरोजारीका कारण ति जनशक्ति खाडीमुलुकमा जानुको विकल्प रहन्न । यस्तो अवस्थामा युवा जनशक्ति पलायनको संभावना समेत रहन्छ । जव युवाशक्ति पलायन हुँदै गर्दा राज्यले लिएको समृद्ध मुलुकको अवधारणा निश्चितरुपममा प्रभावित हुन्छ । त्यसलै कुनै पनि नितिगत निर्णय हचुवाको भरमा गर्नु हुन्न भन्ने मेरो बुझाइ रहेको छ ।

⊕ औषधीको बजारमा सरकारी मातहतका दुइ निकायवीच अधिकार क्षेत्रको सवालमा देखिएको टसलका कारण व्यवसायी आंतकित भएको छ भनिन्छ । कस्तो टसल हो यो ?

सरकार मातहतका यी दुइ निकायवीचको जुहारी भन्नुस वा टसलका कारण
व्यवसायी आंतकित हुनु परेको अवस्था विद्यमान रहेको छ ।

– तपाइको प्रश्न औषधी पसलमा नियमक निकाय औषधी व्यवस्था विभागले पछिल्लो समय गर्दै आएको अनुगमनको क्रममा हुने गरेको लफडा प्रति केन्द्रीत रहेको मेरो बुझाइ रहेको छ । हो पछिल्लो समय विभागको अनुगमन व्यवसायीलाइ सुसुचित गर्ने भन्दा पनि आतंकित पार्ने मानसिकताबाट अगाडि बढेको जो कोहि व्यवसायीले पनि सहजै अनुभुत गर्ने सकिने अवस्था बन्दै आएको छ । त्यस्तै अनुगमन वा नियमनमा विभागीय अधिकारीले व्यवसायीको गल्ती औल्याउँदै लाभ लिने क्रमले तिव्रता पाउँदै आएको छ । यो क्रम राजधानी भन्दा पनि मोफसलका प्रत्येक व्यवसायीले दिनहु सामाना गर्ने पर्ने अवस्था रहेको छ ।
त्यसमाथि पनि सरकार मातहत रहेको अर्को निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट मानव शरिरको लागि अत्याआवश्यक भिटामीन , क्याल्शियम प्रवाह गर्ने उच्चकोटीको औषधीको प्रारुपमा रहेको फूड सप्लिमेन्ट्स अर्थात आहारपुरक खाना विक्रि वितरणका लागि विधिवत रुपमा अनुमति प्राप्त गर्दै कारोवार गर्दै आएका व्यवसायीलाइ फूड सप्लिमेन्ट्सको विक्रिवितरणमा रोक लगाउँदै आएको छ । साथै त्यस्ता औषधीजन्य खाद्य सामाग्रीको वितरण गरेमा औषधी व्यवस्था विभागले जफत गर्ने जस्ता समस्या चुलिदै आएको छ । सरकार मातहतका यी दुइ निकायवीचको जुहारी भन्नुस वा टसलका कारण व्यवसायी आंतकित हुनु परेको अवस्था विद्यमान रहेको छ ।

सम्वद्ध क्रमस उत्पादक संघ, आयातकर्ता संघ, औषधी थोक व्यवासायी संघ, नेपाल औषधि व्यवसायी सङ्घ लगायतका संघसंस्था वीच एकले अर्कोको अस्तित्व स्वीकार्दै हातेमालो गर्दै अगाडि बढ्ने हो भने विद्यमान यावत समस्याको समाधान टेवलबाटै गर्न सकिन्छ । त्यसको लागि वातावरण बनाउँन म स्वयम पनि लागि रहेको छ । पोखरामा त केहि हदसम्म यस्तो वातावरण वनि सकेको अवस्था पनि छ । अन्तत आज नभए भोली यी संघसंस्थावीच एकाकार हुनुको विकल्प रहन्न पनि ।

⊕ पोखरामा औषधीको बजार कस्तो रहेको छ त ?

– नेपाल का अन्य क्षेत्रमा देखिएको समस्याको तुलनामा पोखराको औषधी बजारमा खासै समस्या छ जस्तो मलाइ लाग्दैन । यद्यपी समग्रमा यहाँको बजार सन्तोष जनकनै रहेको पाउँछु ।

⊕ पछिल्लो समय औषधी जगतका सरोकारवाला संघ संस्थावीच साझा दृष्टिकोण बन्न नसकेको नै हो त ?

– एकदम सहि प्रश्नको उठान गर्नु भयो । पहिले त प्रश्नको लागि यहाँलाइ धन्यवाद दिन चाहन्छु । हेर्नु यसमा केछ ्भने जंगलको एक्लो शेयर बन्ने नियतिसंगै एक अर्काको उपस्थितीलाइ निषेध गर्न सोचका कारण यस्तो समस्या सिर्जना भएको हो । जसले गर्दा दिनानुदिन एक पछि अर्को समस्याको सामना गर्नुपर्ने अवस्था सिर्जना भएका छन । त्यसलै सम्वद्ध क्रमस उत्पादक संघ, आयातकर्ता संघ, औषधी थोक व्यवासायी संघ, नेपाल औषधि व्यवसायी सङ्घ लगायतका संघसंस्था वीच एकले अर्कोको अस्तित्व स्वीकार्दै हातेमालो गर्दै अगाडि बढ्ने हो भने विद्यमान यावत समस्याको समाधान टेवलबाटै गर्न सकिन्छ । त्यसको लागि वातावरण बनाउँन म स्वयम पनि लागि रहेको छ । पोखरामा त केहि हदसम्म यस्तो वातावरण वनि सकेको अवस्था पनि छ । अन्तत आज नभए भोली यी संघसंस्थावीच एकाकार हुनुको विकल्प रहन्न पनि ।

⊕ अन्तत औषधीको व्यवसाय गर्दै गर्दा यसको भविष्य कस्तो रहेको छ त ?

– कुनैपनि व्यवसायलाइ फस्टाउँने अवसर भनेको राज्यले सिर्जना गर्ने हो । तर व्यवासायको प्रवद्र्धन भन्दा पनि यहाँ त राज्य र मातहतका निकाय निकायका कारण औषधी व्यवसायमा एक पछि अर्को समस्या देखिएको अवस्था छ । भनाइको आशय सम्वद्ध निकायले प्रष्ट दृष्टिकोणको पहिचान गर्दै त्यसको प्रभावकारी रुपमा कार्यान्ययन गर्न नसक्दा यस्तो समस्या देखिएको हो । तर समस्या देखिएपनि अत्तालिहाल्नु पर्ने अवस्था छैन । यद्यपी सेवामुखी व्यवासाय भएका कारण यसको मर्म बुझेर व्यवसाय गर्ने हो भने एकदमै राम्रो छ ।

⊕ औषधीको नाममा कालाबजारी हुने गर्छन भन्छनी त ?

– औषधीमा कालो बजारी देखि लागु औषधको समेत व्यापार हुन्छन भन्ने पक्षलाइ केहिसमय अगाडी विराटनगरमा भएको घटनाले पनि पुष्टि गरेको छ । साथै कुनैपनि औषधीको मिस युज गर्ने हो भने त्यो औषधी नभइ लागु औषधमा रुपान्तरण हुन्छ ।अन्तमा , मेरो अभिव्यक्तिलाइ पस्कने मौका दिनु भएको धन्यवाद । साथै पर्वूमेची देखि पश्चिम महाकाली सम्म अहोरात्र त्रियाशील हुँदै जनसेवामा समर्पित हुँदै क्रियाशील संस्था एएमएसआएको विचार राख्ने अवसर दिनु भएकोमा ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

February 2019
S M T W T F S
« Jan   Mar »
 12
3456789
10111213141516
17181920212223
2425262728