हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए, बन्दैन देश दुईचार सपूत मरेर नगए
काठमाडौं माघ १६, आज सहिद दिवस , १ सय ४ वर्षिय जहानियां राणा शासनविरोधी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदको सम्झनामा आज देशव्यापीरुपमा सहिद दिवस मनाइंदै छ। नेपाली जनतालाई रैती र प्रजाबाट सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा वीर सपूतहरूले पटक-पटक बलिदान गरेका वीर सहिद छन्। विसं १९९३ देखि निरन्तर राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनका लागि २०६२ सालसम्म तत्कालीन शासकविरुद्धको सङ्घर्षमा महान् सहिदको जेलनेलको कष्टपूर्ण जीवन, त्याग र समर्पणको गाथा इतिहासमा सधैँ अमर छ। वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा सधैँ अवीस्मरणीय छ, रहिरहनेछ। यी चार सपूतले अमरत्व प्राप्त गरेको स्मरणमा काठमाडौं महानगरपालिको संयोजनमा तथा अन्य विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ।
यसैक्रममा महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आज बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट बिहान प्रभातफेरी सहित लैनचौरस्थित सहिद स्मारकमा गएर विशेष कार्यक्रम गर्दै छन । प्रभातफेरीमा संवैधानिक निकायका प्रमुख एवम् सदस्य, मन्त्रीगणलगायत पनि सहभागी हुनुहुने उहाँले जानकारी दिनुभयो । ९ बजे लैनचौरमा प्रधानमन्त्रीले सहिदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।
विसं १९९७ माघ १० गते निरङ्कुश राणाशासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। त्यसको दुई दिनपछि माघ १२ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने अर्को तीन दिनपछि दशरथ चन्द र गंगालाललाई गोली हानी हत्या गरिएको थियो।
सहिद सप्ताहको बेलामा सहिदको सालिकमा माल्यार्पण गर्ने औपचारिकतामा मात्र राज्य र नागरिक समाज सीमित हुनु हुँदैन। सहिदले देखाएको बाटोलाई र उनको आदर्शलाई पहिल्याइएको छ या छैन भन्नेबारे आत्मसमीक्षा गर्नुपर्छ। त्यस्तै जनतालाई सबैखाले शोषण र दमनबाट मुक्ति दिलाई देशमा स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने यी महान् सहिदले निःस्वार्थ भावनाले बगाएको रगत खेर जान नदिन आजको दिन विभिन्न राजनीतिक दललगायत सबैले मुलुकमा दिगो शान्ति कायम गरि मुलुकलमा आर्थिक समृद्विमार्ग प्रसस्त गरी उनीहरूप्रति सच्चा सम्मान र श्रद्वाञ्जली अर्पण गर्नुपर्छ। साथै सहिदपरिवारको गास,बास, कपासको उचित व्यवस्था गर्नु राज्य र समाजको दायित्व हुन्छ र यो दायित्व पूरा गर्नु हामी सवैको साझा कर्तव्य पनि हो ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- संकल्प प्रस्ताव पारित :३० दिनभित्र विश्वासको मत नलिए नयाँ सरकार गठनको आव्हान
- सहकारी ठगी प्रकरण : सुप्रिमका अध्यक्ष ओमप्रकाशलाई थुनामा पठाउन आदेश
- प्रमिलाको ‘सधैं देख्ने सपनाको’ सार्वजनिक
- विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग जोशी परिवारको आग्रह
- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त
- मन्त्रिपरिषद् बैठक: बागमती प्रदेश प्रमुख सचिवको जिम्मेवारी सहसचिव कार्कीलाई
- एमालेकी विदेश विभाग सचिव शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत
- गण्डकी प्रदेशसभाको अधिवेशन आव्हान ,विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको तयारी
- रास्वपाभित्रै उठ्यो सहकारीसम्बन्धी छानबिनको लागि समिति बनाउने आवाज
- आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान