बिहिबार, बैशाख १३, २०८१

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यतापूर्वक मनाइदै

(फाइल फोटो )

काठमाडौ पौष २७, २९७ औँ पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा आज राजधानीको सिंहदरबारको पश्चिम ढोकास्थित शाहको सालिकमा आधुनिक नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायणको शालीकमा माल्यापर्ण सहितका क्रार्यकम सहित विभिन्न संघसस्थाहरुले यो दिवस भव्यतापूर्व मनाईदै गरेको जनाएको छ

राज्यको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम नगरिएपनि राष्ट्रिय एकता दिवसको अवसरमा जनस्तरमा यो दिवस मनाउने क्रमलाइ भने निरन्तरता दिइदै आएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी र कैयौं स्थानलाई नेपाल राष्ट्रमा गाभेर ४ वर्ण र ३६ जातको फूलबारीको सृष्टि गर्नु भएको थियो । तत्कालीन भुरे टाकुरे राज्यमा विभाजित नेपाललाई समयको माग र आवश्यकता अनुरुप एकीकरण गरी आधुनिक नेपालको निमार्णमा राजा पृथ्वी नारयाण शाहले दिएको योगदान आर्फमा महत्वपूर्ण रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।