बिहिबार, चैत्र १५, २०८०

स्थापना दिवसको अवसरमा वाङ्मय शताव्दी पुरुष जोशीको अभिनन्दन

भक्तपुर  माघ १२,  रामचन्द्र प्रजापति । विगत दुइ दशकदेखि निरन्तर नेपाली र नेपाल भाषाको क्षेत्रमा योगदान गर्दै आइरहेको भक्तपुर साहित्यिक समाजले आज आफ्नो स्थापना दिवस एक कार्यक्रमकावीच सम्पन्न गरेको छ ।

समाजले आफ्नो स्थापना दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीलाइ समेत अभिनन्दन गरेको छ । समाजका अध्यक्ष राजुराम मुनंकर्मिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अभिनन्दित वाङ्मय शताव्दी पुरुष जोशीले कार्यक्रमलाइ सम्बोधन गर्दै नयाँ पुपुस्तालाइ साहित्य र संस्कृतिको क्षेत्रमा  लाग्न अभिप्रेरित गर्नु पर्ने बताउँदै प्रोत्साहन र प्रेरणाले बालकृष्ण सम, भवाणी भिक्षु, सुर्यविक्रम ज्ञवाली र राष्ट्रकवि माधव प्रसाद घीमिरे जस्ता स्रष्टाहरुको उदय भएको बताउँनु भएको छ । त्यस अवसरमा जोशीले आरवी फाउण्डेसन् प्रतिभा पुरस्कारबाट कवि नविन प्रकाश श्रेष्ठ र गायिका सानुमैयाँ धौभडेललाई सम्मानीत गर्दै कार्यक्रममा समाजका अध्यक्ष राजुराम मुनंकर्मीको म्युजिक भिडियोको समेत लोकार्पण गर्नुभएको थियो ।

त्यस्तै वरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगस्ले भक्तपुर साहित्य समाजले साहित्य कला र संस्कृतिको सम्वर्द्धन गर्दै आएको जनाउ दिदै समाजले भविष्यमा नयाँ पुस्तालाई जागरुक बनाउँने विश्वास व्यक्त गर्नुभएको छ । कार्यक्रममा राजेन्द्र खड्गी र कवि काशीराम विरसले पुरस्कृत स्रष्टाहरुको परिचय दिनु भएको थियो   ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174