बिहिबार, बैशाख १३, २०८१

ससंद बैठक आज पनि अवरुद्ध, अर्को बैठक आइतबार

काठमाडौ माघ १७ , आज बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध पारेको छ । आजको बैठक शुरुभएलगत्तै कांग्रेस सांसद डा मीनेन्द्र रिजालले आफूहरुले उठाएका माग सम्बोधन नभएसम्म संसद चल्न नदिने जनाउ दिएलगत्तै कांग्रेस सांसदहरु उभिएर संसद अवरोध गरेका थिए ।

यसवीचमा सभामुख कृष्णबहादुर महराले संसदको नियमित कारबाहीका लागि काँग्रेसका सासंदहरुलाइ बस्न आग्रह गरेपनि स्थिती सामान्य नभएपछि सभामुखले आइतबार दिउँसो ३ बजे बस्नेगरि आजको बैठक  स्थगित गरिएको घोषणा गर्नुभएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।