बुधबार, बैशाख १२, २०८१

लेखापाल ढकालविरुद्ध मुद्दा दायर, ५० हजार घुस लिने मालपोतका खरिदार पक्राउ

काठमाडौ माघ ८,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा लेखापाल ढकालले परिषदान रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको उल्लेख गरिएको छ ।

त्यसक्रममा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको र हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएको आयोगले जनाएको छ ।

यसैवीच आयोगको बुटवलको सम्पर्क कार्यालयबाट खटिएको टोलीले आज दिउँसो बाँके जिल्ला मालपोत कार्यालयका खरिदार सञ्जयकुमार ठाकुरलाई सेवाग्राहीवाट रु ५० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको छ । पक्राउ गरिएका आरोपी कर्मचारी ठाकुरमाथि थप अनुसन्धान प्रक्रिया सुरु गरिएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174