मङ्लबार, चैत्र ६, २०८०

राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह

 राष्ट्र निर्माणको लागि भएको बलिदानी  विर्संदा देशमा आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थासंगै घात प्रतिघातको कालो बादल मडारिएको जिकिर

काठमाडौं पुस २६ , पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पुथ्वीनारायण शाहको २९७औ जयन्ती एवम् राष्टिय एकता दिवसको अवसरमा समस्त नेपालीमा शुभकामना अभिव्यक्त गर्दै शुभकामना सन्देश जारी गर्नु भएको छ ।  पूर्व राजा शाहले जारी गर्नु भएको सन्देशमा अर्थपूर्णरुपमा राष्ट्र निर्मांणको लागि बलिदानी दिने तमाम विर योद्धाहरुका योगदान आफैमा महत्वपूर्ण जिकिर गर्दै यस्तो योगदानलाइ किमार्थ नजर अन्दाज गर्न नहुँने बताउँनु भएको छ

साथै उहाँले सन्देशमा देशभन्दा ठूलो कुनै वाद वा विचार हुन नसक्ने भन्दै राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देशमा आज ‘सकसपूर्ण र कपटपूर्ण अवस्थासंगै घात प्रतिघातको कालो बादल मडारिएको जिकिर गर्नुभएको छ । त्यस्तै सन्देशमा पूर्व राजा शाहले नेपाल चार जात ३६ वर्णको साझा फुलवारी हो ,मेरा साना दुखले आज्र्याको मुलक होइन सवैलाइ चेतना भया भन्ने दिव्यउपदेशको मर्मलाइ आत्मासात गर्न नसम्दा एक आपसमा पाटो , पूर्वाग्रह, सार्वभौमिक सर्वोच्चता राष्ट्रिय एकता र सामाजीक सद्भावमा क्षति पुग्नुको अलावा यत्र तत्र सर्वत्र अराजकताले प्रशय पाउँदै आएको बताउँनु भएको छ ।

तसर्थ नेपाल रहदा मात्र नेपालीको गौरव जिवन्त रहने यर्थार्थलाइ आत्मासात गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पदचापमा हिड्ने प्रेरणा सवै नेपालीमा प्राप्त हुने विस्वास गर्नु भएको छ ।