शुक्रबार, चैत्र १६, २०८०

माइतीघर मण्डलामा चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा जुहारी , वुटवलमा प्रदर्शन

काठमाडौ माघ १२,  शुक्रवार प्रतिनिधीसभाको बैठकमा प्रतिपक्षीदल नेपालीका काँग्रेस लगायतको विरोधका वावजुद पनि  एकलौटीरुपमा ससदीय सर्वोच्चताको वर्खिलाप पारित गरिएको  चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ ।

पारित विधेयकमा यसअघि आफुसंग भएका सहमति कार्यान्वयन नभएको भन्दै १६ औपटक आमररण अनशनरमा बस्नु भएका त डा गोविन्द केसीका पक्षमा प्रस्तुत विधेयक पारित भएको पाति गरिनुपर्छ भन्दै अनसनमा बसको विजय थापाका पक्षधरले विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन गरेको हो ।  सोलिडारिटी फर डा केसी एलाइन्सले शुक्रबार संसद बाट पारित विद्येयक फिर्ता गर्न माग गरेका छन् भने थापाका समर्थकले सार्वभौम संसद्को सम्मान गदै विद्येयक लागू गराउन माग गरेका छन् ।

त्यस्तै एक जनमातले केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने’, ‘विद्येयकबाट बनेको चिकित्सा शिक्षा आयोग अनावश्यक रहेको नारा लगाउँदै गर्दा अर्को जमातले चिकित्सा शिक्षा विद्येयक कार्यान्वयन गर’, ‘शिक्षा, स्वास्थ्य र रोजगारजस्ता मौलिक अधिकार सुनिश्चित गर भन्ने नारा लगाएकाथिए ।

यसैवीच नेपाल तरुणदल प्रदेश ५ले बुटवलमा प्रस्तुत ससदीय सर्वोच्चताको वर्खिलाप पारित गरिएको चिकित्सा शिक्षा विद्येयकको विरोधमा प्रदेश स्तरिय विरोध कार्यकमको आयोजना गर्दै ओली सरकारको विरोध गरेको समाचार प्राीत भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174