शुक्रबार, बैशाख ७, २०८१

मप बैठक : रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति संगै पानीजहाज सञ्चालनका लागि कार्यालय, दरबन्दी स्वीकृत

काठमाडौ माघ ३,   गत पुस २९ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई रेल खरीदका लागि सैद्धान्तिक स्वीकृति दिएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि भारतसँग रेल खरीद गर्न लागेको बताउँनुको अलावा पानीजहाज सञ्चालनका लागि आवश्यक कार्यालय तथा सङ्गठन संरचना र दरबन्दी समेत स्वीकृत गरिएको जानकारी दिनु भएको छ साथै स्वीकृत दरबन्दी अन्र्तगत इञ्जिनीयरिङ सेवाका उपसचिवस्तरका एक व्यक्तिलाई रजिष्ट्रारका रुपमा जिम्मा दिइनुको अलावा १६ जनाको दरबन्दी स्वीकृत गरिएको बताउँनु भएको छ

त्यस्तै मन्त्रिपरिषद् बैठकले मन्त्रीको तलब तथा सुविधा मन्त्रालयबाटै दिइने गरी व्यवस्था गरिएको जानकारी दिदै अनुसन्धान, वैज्ञानिक खोज र राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिएका व्यक्तिलाई प्रदान गरिने ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारका लागि दुई लाख अमेरिकी डलर बराबरको कोषको स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५’ स्वीकृत गरेको जनाउ दिनु भएको छ ।

त्यस्तै उहाँले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेको महानुभावको मर्यादाक्रम स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय सहति कर्मचारी सञ्चय कोषका अध्यक्षमा शिशिरकुमार ढुङ्गानालाई नियुक्त गर्ने निर्णय संगै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्पलाइ पूरा गर्न चैत १५ र १६ गते काठमाडौँमा आयोजना गर्ने लक्ष्उ सहित लगानी सम्मेलनका लागि आवश्यक तयारी शुरु गरेको र पाल्पा र दैलेखमा ग्यास तथा खनिज तेल अन्वेषणका लागि सरकारले चिनियाँ कम्पनीलाई स्वीकृति प्दान गरेको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु