शनिबार, बैशाख ८, २०८१

भक्तपुरलाई भ्रष्टाचारमुक्त बनाइने

भक्तपुर माघ १७/रामचन्द्र प्रजापति ,    बुधवार  मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले आयोजना गरेको ‘पारस्परिक जवाफदेहिताका साथ नागरिक समाज’ विषयक साझा  अन्र्तक्रियालाइ   सम्बोधन गर्दै  प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरलाई सुशासन र भ्रष्टाचारमुक्त जिल्ला बनाइने बताउनुभएको छ ।    साथै उहाँले यसको लागि    भक्तपुरका  भ्रष्टाचार बढी हुने कार्यालयलाई विशेष फोकस गरेर डेक्स नै राखेर भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरिने समेत त्यस अवसरमा  जानकारी दिनु भएको  छ । 

मनोहरा नदी उकासको नाममा ५८ रोपनी, हनुमन्तेमा विमली उपाध्यायको नाममा ६४ रोपनी जग्गा, दक्षिण बाराहीको वन, बोडेको कमल पोखरी, सरस्वतीखेल बसपार्कको जग्गा र रानीकोटमा १३ रोपनी सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गरिएकाले  फिर्ताका  लागि कार्यारम्भ भइसकेको  समेत बताउँनु भएको  छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कपिल काफ्ले, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष सोम बजगाईं, नेपाल पत्रकार महासङ्घका अध्यक्ष पुष्करराज बुढाथोकी, नेपानका स्रोत व्यक्ति गोविन्दराज पौडेल, जिल्ला समन्वय समितिका सदस्य गीता सुवेदीलगायतले समाजलाई शुद्ध र सुशासनयुक्त बनाउन नागरिक समाजको सक्रिय सहभागिता र सहयोग रहनुपर्नेमा जोड दिनुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।