बिहिबार, बैशाख १३, २०८१

बैक ठगी प्रकरणमा पक्राउपुर्जी जारी भएका अभियुक्त अग्रवाललाइ प्रहरीकै मिलोमतोमा यसरी भगाइयो

नेपालमा शैक्षिक परामर्शदाताका रुपमा कार्यरत संस्था एईसिसि ग्लोबलका अध्यक्ष श्रीमती लोचनकुमारी हरलालकाको निर्देशनमा चेकमा जालि हस्ताक्षर गदै निजका छोरा रणजीतद्दारा बैक ठगी

काठमाडौं माघ १७, काठमाडौ जिल्ला अदालतले बैंक ठगी प्रकरणमा पक्राउपुर्जी जारी गरेको ब्यक्तिलाई प्रहरी आफैंले भगाएको छ । नेपालमा शैक्षिक परामर्शदाताका रुपमा कार्यरत संस्था एईसिसि ग्लोबलका अध्यक्ष श्रीमती लोचनकुमारी हरलालकाको निर्देशनमा निजका छोरा रणजीत अग्रवालले चेकमा जालि हस्ताक्षर गरि ठगेको आरोपमा कारवाहीका लागि जिल्ला अदालत काठमाडौले २०७५ मंसिर २० गते मुलुकी अपराध संहिताको दफा ९(३) बमोजिम पक्राउ आदेश जारी गरेको थियो । अदालतको आदेशानुसार दुबैलाई पक्राउ गर्न खटिएको कालीमाटी प्रहरी वृत्तको टोलीले अदालतको आँखामा छारो हाल्नकै लागि आरोपितलाई नपक्रिकन आरोपितकै अर्का छोरा अष्ट्रेलिएन नागरिक सोनु अग्रवाललाई पक्राउ गरि आरोपितलाई भाग्ने अवसर दिएको बुझिएको छ ।

अदालतको आदेशानुसार मंसीर २२ गते बिहान हरलालकको घरमा पुगेको प्रहरीले आरोपित हरलाल र निजका छोरा रणजीतलाई पक्राउ गर्नुको अलावा आरोपितका अर्का छोरा सोनुलाई पक्राउ गरेको थाहा भएको छ । प्रहरीस्रोतका अनुसार, सोनुले आफुलाई नै रणजीत अग्रवाल भनेर चिनाएका आधारमा पक्राउ गरेर कालीमाटी ल्याएकोमा पछि उस्को पहिचान अर्कै भएको भन्दै आर्थिक चलखेल गरी छोडेको छ भने  पक्राउ गर्नुपर्ने  अभियुक्तद्दय   (आमा -छोरा) दुवै अहिले फरार छन् ।

त्यस्तै प्राप्त जानकारी अनुसार एइसिसि ग्लोबलमा लोचन कुमारीका नाममा ५०% र राजेन्द्रकुमार वैधका नाममा ५०% शेयर रहेको र दुबै शेयरहोल्डरका बिचमा केही समय देखि विवाद थियो । संस्थामा विवादरहेकै कारण संस्थाका नाममा बैंक अफ काठमाडौ,लुम्बिनी बिकास बैंक लगायतका बैंकमा रहेका खाता हालको अवस्थासम्म रोक्कामै रहेकोमा अध्यक्ष हरलालकाका जेठा छोरा रणजीतले आफ्नो एकल हस्ताक्षर नै नचल्ने बैंक अफ काठमाडौमा रहेको संस्थाको खाताको चेक नं.४३५२९६७६ बाट रु ६ लाख सचिन उपाध्यायका नाममा र चेक नं. ४३५२९६७५ बाट रु चार लाख रिया उपाध्यायका नाममा दिइ ठगी गरेका थिए । आफु र आफ्नी छोरीलाई रणजीतले फर्जी चेक उपलब्ध गराई ठगी गरेको भन्दै कारवाहीकालागि सचिन उपाध्यायले दिएको उजुरी आधारमा अदालतले उक्त पक्राउ आदेश जारी गरेको थियो ।
त्यस्तै एईसिसि ग्लोबलका खाता रोक्का रहेका कारण अध्यक्ष हरलालका र निजका छोरा रणजीतलाई सचिन उपाध्यायले उक्त रकम एईसिसि ग्लोबलका कर्मचारीलाई तलब खुवाउनकालागि उपलब्ध गराएको र पछि उक्त रकम फिर्ता गर्ने बेलामा आमाछोराकै मिलोमतोमा फर्जी चेक दिएर आफुलाई ठग्ने कोशिस गरेको बताएका छन्  । 

बिगत केही समय अघिसम्म संस्थाका दुबै साझेदारहरुबिच विवाद रहेको र यो विवाद पाटन उच्च अदालतसम्म नै पुगेको थियो अदालतले हरलालकाले साझेदार विरुद्ध दिएका पाँच वटा विभिन्न प्रकृतीका मुद्दालाई गत ०७५ कार्तिक २८ गते सबै रिट खारेज गरिसकेको छ ।
यसो त ठगी आरोप लागेका रणजीत अग्रवाल यस अघि पनि गोल्छा अर्गनाईजेसनले बिरगञ्जबाट काठमाडौ पठाएको एक ट्रक व्याटि चोरेको आरोपमा चितवन कारागारमा बसिसकेका सातिर अपराधी हुन । उक्त चोरी मुद्दा चितवन जिल्ला अदालत चितवनमा चलेको थियो । र,हाल २० लाखको धरौटीमा छुटेको हो । त्यस्तैगरि  आरोपितका अर्का छोरा सोनू अग्रवाल जो   अष्ट्रेलियन नागरिक हुन  उनि पनि ७ जनवरी २००९ मा लेपटप चोरीको आरोपमा कागजसमेत गराएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।