बिहिबार, बैशाख ६, २०८१

नेपाल गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको परराष्ट्रको जनाउ

काठमाडौ माघ १५ , सरकारले गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पस्ट गर्दै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मत–मतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा कुनैपनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन । आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक र लोकतान्त्रिक मूल्य–मान्यतानुसार हुनुपर्छ र भेनेजुएलाको अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय त्यहाँका जनतामा निहित रहेको उल्लेख गरिएको छ ।

स्मरण रहोस,  सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गर्दै जारी गरेको विज्ञप्तिका कारण सिर्जना भएको थियो ।  भेनेजुयलामा गत बिहीबार विपक्षी सांसद हुवान गुवाइदोले प्रदर्शनकारीहरु माझ आफुलाई स्वघोषित राष्ट्रपति घोषणा गर्नु र त्यसलाई अमेरिकाले समर्थन गरेको घटनाप्रति असहमति जनाउँदै प्रचण्डले भेनेजुयलाको आन्तरिक मामिलामाथिको हस्तक्षेप र राष्ट्रसंघीय बडापत्रमाथिको चुनौती भन्दै विज्ञप्ति जारीगरे पछि प्रस्तुत बहसले चर्चा पाएको हो । त्यस्तै यहि कारण यसवीचमा नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध समेत प्रभावित हुँने अड्कल गरिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।