बिहिबार, चैत्र १५, २०८०

ज्योति विकास बैंककोे एकै दिन पाँच नयाँ शाखाको शुभारम्भ

काठमाडौं माघ १६,  ज्योति विकास बैंक लि. ले सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । हरिवन नगरपालिका वडा नं ११, शाखाको औपचारिक रुपमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्धारा एक कार्यक्रमका बिच आज सुभारम्भ गर्नु भएको छ ।

त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारस्थित नयाँ शाखा , बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ स्थित शाखा , निजगढ नगरपालिका वडा नं ९, सहिदचोक स्थित शाखा र त्रियुगा नगरपालिका वडा न ११, गाईघाट उदयपुरमा सञ्चालनमा ल्याइएको शाखाको क्रमस रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठले , नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालले निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालले र मेयर बलदेव चौधरी तथा बैँकका संचालक जगदिश्वर प्रसाद अधिकारीद्दारा संयुक्त रुपमा सुभारम्भ गर्नुभएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा ATm मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ब्त्ः संचालनमा ल्याउने प्रक्रियामा रहेको उल्लेख गरिएको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।