बिहिबार, बैशाख ६, २०८१

जवरा र लोहनी नेतृत्वको राप्रपावीच एकता दस्तावेजमा हस्ताक्षर , एकता घोषणासभा शुक्रवार

सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र वैचारिक नीति

काठमाडौं माघ १७,   पशुपतिशमशेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)को एकीकरण भएको छ ।  पार्टी एकिकरण दस्तावेजमा आज दुवै पार्टीका नेताले हस्ताक्षर गर्नु भएको हो । यद्यपी आज हस्ताक्षर गरिएपनि एकता घोषणा शुक्रबार एक औपचारिक कार्यक्रमकावीच गरिने बताईएको छ ।

त्यस्तै पार्टी एकिरकरण पछि नयाँ पार्टीको नाम राप्रपा (संयुक्त) राखिने भएको छ । त्यस्तै नयाँ पार्टीको मार्ग दिशा सबै धर्मबीच समानता, पूर्णधार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र, सबै पक्षलाई चित्तबुझ्ने सहमति र साझा संस्थाकारुपमा राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक नीतिकारुपमा पार्टीले अवलम्बन गर्ने भएको छ भने राष्ट्रियता, प्रजातन्त्र र उदारवादका साथै असंलग्न परराष्ट्र नीतिलाई पार्टीले प्रमुख आधार बनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु