शुक्रबार, चैत्र १६, २०८०

आजबाट नयाँ वर्ष २०१९ सुरु

वर्ष २०१९ सुरु भएको अवसरमा नयाँ वर्षको स्वागत गर्दै मध्यरातमा पर्यटकिय नगरी ठमेलमा रमाउँदै युवा जमात

काठमाडौं पौष १७, आज ग्रेगोरियन पात्रोअनुसार प्रत्येक वर्ष जनवरी पहिलो तारिख अर्थात इस्वी संवत् अर्थात वर्ष २०१९ सुरु भएको छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ ।  नेपालमा पनि नयाँ वर्ष     सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी मनाउँने गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।