बिहिबार, चैत्र १५, २०८०

अधिकांश स्थानमा वर्षा र हिमपातका कारण जनजीवन प्रभावित

काठमाडौ माघ ९, पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुकै कारण आज उपत्यकासहित देशभरि नै बद्ली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाका कारण राजधानीमा निकै चिसोको महसुस गरिएको छ । त्यस्तै काठमाडौ उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वँनुमान महाशाखाले जनाएको छ ।

देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात हुँदा उपत्यका लगायत देशैभरको जनजीवन प्रभावित भएको जनाएको छ । त्यस्तै शुक्रबारबाट पुन पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने संभावना रहेको जनाउँदै मौसम पूर्वाअनुमान महाशाखाले देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्नुको साथै उपत्यकाको न्यूनतम तापक्रम यसअघि शून्य डिग्रीसम्म पुगे पनि यो भन्दा तल नजाने जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँमा ८.१ मिलिमिटर वर्षा मापन गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174