शुक्रबार, चैत्र १६, २०८०

सैनिक भर्तिको क्रममा आर्थिक चलखेल गर्ने १९ अधिकृतसहित १७३ जनालाई कोटमार्सल अन्र्तगत कारवाही

काठमाडौं मंसिर १३ ,नेपाली सेनाले विभिन्न पदहरुको भर्तीमा अनियमितता गरेको आरोपमा १७३ जनालाई कारबाही अर्थात कोटमार्सलको फैसला गरेको छ ।

२०७३ /२०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमितता सम्बन्धमा सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गरी २३ अधिकृत सहित १८७ जना उक्त भर्ना प्रक्रियामा दोषी देखि जनरल समरी अर्थात कोर्ट मार्शलको लागि सिफारिस गरे अनुरुप उपरथीको अध्यक्षतामा गठित ९ सदस्यीय जनरल समरी सैनिक अदालतले पनि यीमध्ये ४ अधिकृतसहित १४ जनाले सफाइ दिदै  १९ अधिकृतसहित १७३ जनालाई कोटमार्सल अन्र्तगत कारवाही गरेको नेपाली सेनाले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्त्मिा तीमध्ये १२ जना सैनिकलाई ३५ दिनदेखि ६ वर्षसम्म कैद सजाय सुनाइएको छ भने केहीलाई बर्खास्त, केहीको बढुवा रोक्का र केहीलाई सचेत गराइएउल्लेख गर्दै गर्दै कोटमार्सलमा परेका दोषीबाट तीन करोड २२ लाख ७५ हजार रुपैयाँ विगो रकम असुल गर्ने फैसला गरिएको विज्ञप्तिमा उल्लेख छ  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।