बिहिबार, चैत्र १५, २०८०

सक्कल शैक्षिक प्रमाणपत्र धितो राख्दै दुई प्रतिशत व्याजदरमा शैक्षिक कर्जा लिन आग्रह

काठमाडौ कार्तिक २५, राष्ट्र बैंकले शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई आग्रह गरेको हो । बैकले सहुलियतापूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा आएसँगै गत असोज ११ गते सबै वाणिज्य बैँक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

सरकारले आव २०७५/७६ को बजेटमा भएको व्यवस्था अनुरुप  ‘शैक्षिक युवा स्वरोजगारका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो ।

सक्कल शैक्षिक प्रमाणपत्र धितो राख्दै दुई प्रतिशत व्याजदरमा शैक्षिक कर्जा लिन   माध्यमिक वा सो सरह उत्र्तीण गरी २५ वर्ष ननाघेका नेपाली युवाले उच्च र प्राविधिक तथा व्यावसायिक विधामा उच्च शिक्षा हासिल गर्न रु पाँच लाखसम्म कर्जा लिन पाउने छन् । तर उच्च शिक्षाका लागि विदेश पढ्न जान चाहनेले भने आर्थिक रुपमा विपन्न सिमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी भएको सिफारिस अध्ययन गर्ने शैक्षिक संस्था प्रतिष्ठानमा भर्ना भएको वा हुन योग्य रहेको खुल्ने कागजातको प्रतिलिपि समावेश गनुपर्ने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।