शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा ८ वर्षीय बालक प्रयासको अपहरणपछि हत्या गर्ने सार्की पक्राउ

काठमाडौं मंसिर १३, नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गरेको अभियोगमा घटनामा संलग्न भएको आरोपमा स्याङ्जाका महेन्द्र सार्कीलाई पक्राउ गरेको छ ।  दुई दिनअघि देखि बेपत्ता भएका कक्षा १ मा अध्ययनरत् बालक कुँवरको अपहरणपछि हत्या गरि शव म्हेपीमा झोलामा पोको पारेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले शव भेटे लगत्तै पक्राउ गरेका अनुसन्धान गर्दा अपहरण गरेकै राती वालकको हत्या गरेको उनले स्वीकारेका जनाउँदै घटनाका सम्बन्धमा सार्कीले दिएको वयान अनुसार बालक कुँवरका बाबु प्रविण कुँवरको गोंगवुमा रहेका गेष्ट हाउसमा काम गर्दै आएका सार्कीलाई राम्ररी काम गर्न नगरेकोमा गाली गलौज गर्दै कामबाट हटाउने चेतावनी दिएको र त्यसपछि सार्कीले रिस फेर्न प्रविणका ८ वर्षिय छोरा प्रयासको अपरहण गरेको जनाएको वालकको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।