काठमाडौं मंसिर ९, नेपाली कांग्रेसले मुलुकको पछिल्लो परिवर्तित संघीय संरचना अनुरुप समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी मौजुदा ८५ सदस्यीय केन्द्रीय समितिलाइ विस्तार गर्दै १४१ सदस्यीय हुनेगरि प्रस्तावित विधानको मस्यौदा तयार गरेको छ । विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले आज बसेको केन्द्रयि समितिको बैठकमा प्रस्तुत
गर्नु भएको प्रस्तावित विधानको मस्यौदामा यस्तो व्यवस्था कायम गर्ने उल्लेख गरिएको र प्रस्तुत मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा हुने महासमिति बैठकबाट अनुमोदन भएसंगै लागू हुने सम्वद्ध स्रोतले जनाएको छ ।
त्यस्तै प्रस्तुत मस्योदामा आफ्नो साठनिक साङ्गठनिकसंरचनामा पनि परिवर्तन गर्दै आठ तहका हुने गरी व्यवस्था गरिएको छ । जस अनुसार पार्टीको प्रारम्भिक तहमा गाउँटोल कार्यसमिति त्यसपछि वडासमिति, त्यस्तै स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतितिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टीका संरचना गरिएको छ भने टोलदेखि केन्दसम्मका आठ तहका अधिवेशन र महाधिवेशन, केन्द्रीय महासमिति र प्रदेश महासमिति गठन हुने व्यवस्थाका साथै सबै तहमा आवधिक सम्मेलन गरी सङ्गठनलाई सुसङ्गठित गर्ने प्रस्ताव समेत गरिएको छ ।
साथै आजको काँग्रेस केन्द्रीय समितिको बैठकमा प्रस्ुत उक्त मस्योदा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यलाई अध्ययनका लागि ३ दिने समयसिमा सहित उपलब्ध गराइएको जानकारी दिदै काँग्रेस मुख्यालयले मंसिर १३ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले मस्यौदा पारित गर्ने जानकारी दिएको छ ।
साथै आजको बैठकले पार्टीका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकार र नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूर्व प्रधानन्यायाधीश केदार गिरी, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंका पिता वीरेन्द्र प्रसार्इं, तुलसीराम बुढाथोकी र सीए सीता भण्डारीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको जनाएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- दुर्गा प्रसाईंको हतियार अनुमति प्रकरणको छानबिन गर्न समिति गठन
- पत्रकारको साझा संस्था पत्रकार महासंघ स्थापनाको ६९औं वर्षमा
- संस्थागत विद्यालयको नाममा नेपालीपन झल्कने गरी राख्न महानगरको निर्देशन
- प्रदेश र स्थानीय तहको वित्तीय अनुदान स्वीकृत गर्ने सरकारको निर्णय
- उपनिर्वाचन: इलाम–२ मा लिम्बू रास्वपाको उम्मेदवार घोषित
- बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार विस्तार
- किसान विरोधी भूमि बैक कार्यक्रम अविलम्ब खारेज गर्न माग
- दूरसञ्चार प्राधिकरणका अध्यक्षद्वय सहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री
- स्वास्थ्यमन्त्री यादवलाई रास्वपाले ध्यानाकर्षण सहित बुझायो २६ बुँदे सुझाव
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान