शुक्रबार, बैशाख ७, २०८१

छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मलाकी पिताजी आजबाट अनिश्चितकालिन धर्नामा

काठमाडौ कातिैक २५ , कञ्चनपुरकी १३ वर्षिय किशोरी निर्मला पन्तको बलाकात्कार पछि हत्या भएको साढे तीन महिना भइसक्दा पनि अपराधी पत्ता लगाउँन राज्यले उदासिनता देखाएको भन्दै निर्मलाकी पिताजी यज्ञराज पन्तले आफ्नी छोरीको हत्यारा तत्काल सार्वजनिक गर्दै न्याय पाउँन भन्दै आजबाट अनिश्चितकालिन धर्ना बस्ने भएका छन् ।

यसअघि आफ्नै निवासमा गत कार्तिक १८ गते पत्रकार सम्मेलनको आयोजना गर्दै निर्मला हत्या काण्डको छानविनको नाममा विभिन्न समिति बने पनि हत्याराको पहिचान गर्न नसकेको र आफ्नी छोरीको हत्याका हत्यारा पक्राउ गर्न राज्य र मातअतका निकायले आश्वासनमात्र दिएको जनाउ सहित चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिए अनुरुप अनिश्चितकालिन धर्नाबस्न लागेको हो । प्राप्त जानकारी अनुसार पन्त परिवारले आइतबार ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनिश्चितकालिन धर्ना कार्यक्रम सुरु गर्ने भएको छ ।

स्मरण रहोस , हत्याकाण्डको छानबीनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई राज्यले सेवाबाट बर्खास्त गरेपनि निर्मलाको हत्यारा को भन्ने भेउ सार्वजनिक गर्न र कारवाही प्रक्रिया सुरु गर्न राज्यले नगरेकोमा आक्रोस  दिनानुदिन बढ्दो रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031