शनिबार, बैशाख ८, २०८१

सरकार र चिकित्सक सङ्घबीच सहमति भएसंगै जारी आन्दोलन तत्कालका लागि स्थगन

काठमाडौ भाद्र १८ ,     मुलुकी अपराध (संहिता) ऐन, मुलुकी फौज्दारी कार्यविधि ऐन, २०७४ का चिकित्सासम्बन्धी केही प्रावधानलाई तत्काल संशोधन गर्नुपर्ने   माग सहित आन्दोलित नेपाल चिकित्सक सङ्घ र सरकारवीच आन्दोलनका  माग सम्बोधन गर्ने सहमति भएको छ ।  । सरकारको तर्फबाट  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव  र  सङ्घवीच भएको  वार्ता को क्रममा  अपराध (संहिता) ऐन, मुलुकी फौज्दारी कार्यविधि ऐन, २०७४ मा व्यस्था भएको दफा २३० को उपदफा खारेज गर्न सरकार सहमति भएसंगै    संघले जारी आन्दोलन  आइतबारसम्मका लागि स्थगन गरेको  छ ।

सङ्घले कार्यस्थलमा कार्यरत रहेका स्वास्थ्यकर्मीलाई हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ र नियमावली, २०६९ लाई संशोधन गरी बिना धरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गरिनुपर्ने माग गर्दै आइरहेका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।