–अध्यक्ष पदका उम्मेदवार, नेपाल ट्रेड युनियन काँग्रेस
मजदूर आन्दोलनको उद्गम स्थल विराटनगरमा जन्मेर नेपालको ट्रेड युनियन आन्दोलनमा मजदूरको हक र अधिकारका लागि लड्दै आएका मजदुर नेता हुन पुष्कर आचार्य । विस २०४७ मा पार्टीको जिल्ला सदस्य हुँदै ट्रेड युनियन काँग्रेस मोरङको जिल्ला अध्यक्ष, २०४९ मा ट्रेड युनियन काँग्रेसको पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य, २०५४ को दोस्रो महाधिवेशनमा महासचिव, तेस्रो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष हुँदै नेपाल ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउँदै आएका श्रमिक नेता एवं पूर्व सांसद आचार्य ट्रेड युनियनको २९ जेठ बाट सुरु छैँठौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार हुन । उनीसँग समग्र मजदुर आन्दोलन र उम्मेदवारी बारे गरिएको कुराकानी …
तपाईँको उम्मेदवारी के का लागि ?
नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरहरुलाई आर्थिक रुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामुलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि मेरो उम्मेदवारी हो ।
मजदूर आन्दोलनलाई अगाडि बढाउनेबारे के सोच्दै हुनुहुन्छ उम्मेदवार बन्दै गर्दा ?
मजदूर भनेका राष्ट्र निर्माणको महत्वपूर्ण शक्ति हो । मजदूर विना मुलुकको विकास सम्भव छैन । मजदूरले काम नगरी मालिक वा जनताहरु बसेर आफ्नो आधारभूत आवश्यकताहरु पुरा गर्न सक्दैनन । त्यसैले मजदूरलाई खुशी पार्नु राज्यको दायित्व हो । मजदूरलाई खुशी बनाउँदै मजदूरको आधारभूत आवश्यकता पुरा गर्ने दिशामा मेरो ध्यान केन्द्रीत हुनेछ ।
तपाई निवर्तमान सांसद पनि हुनुहुन्छ ? संसदमा गएर मजदूरको पक्षमा के कस्ता कामहरु गर्नुभयो ?
पक्कै पनि म मजदूरको प्रतिनिधित्व गर्दै विस २०७० सालमा संसदमा प्रवेश गरेको हुँ । मेरो कार्यकालको महत्वपूर्ण पक्ष भनेको संविधान निर्माण हो । संविधानमा मजदूरको हक अधिकार समेट्नका लागि मैले भूमिका खेँले । राजनीतिक दलले मजदूरको आवाज कम सुन्ने गरेकोमा राजनीतिक दललाई मजदूरको समस्या समाधान गर्न ध्यानकेन्द्रीत गरेर सामाजिक सुरक्षा अधिकार, स्वास्थ्य उपचारलगायतका कुरालाई समेट्न महत्वपूर्ण भूमिका खेलेको छु । सामाजिक सुरक्षा विद्येयकलाई स्थापित गर्न पनि मैले महत्वपूर्ण भूमिका खेलेको हुँ ।
सांसद भएर श्रम आयोग निर्माण गर्न त सक्नुभएन नी ?
म सांसद हुनुको एउटा महत्वपूर्ण लक्ष्य भनेको श्रम आयोगको मुद्धा उठाउनु पनि हो । श्रम आयोग निर्माणका लागि मैले संसदका हरेक बैठकमा आवाज उठाएको हो । मैले श्रम आयोग निर्माणका लागि संसदमा प्रस्ताव समेत लगेको थिएँ । तर मेरो कुरालाई त्यहाँ सुनुवाई भएन । म नेपाल ट्रेड युनियनको अध्यक्ष भएँ भने श्रम आयोग निर्माणका लागि कटिबद्ध भएर लाग्नेछु ।
तपाईलाई किन भोट दिने आधार के त ?
मलाई भोट दिने आधार भनेको जहाँ श्रमिक त्यहाँ नेपाल ट्रेड युनियनको नारालाई पुरा गर्नु हो । नेपाली काँग्रेसको केन्द्रदेखि गाउँसम्मको संरचनामा ट्रेड युनियनको प्रतिनिधित्व गर्ने, राष्ट्रिय श्रमिक आयोगका लागि सरकारलाई दवाव दिने, हरेक प्रदेशमा श्रमिक अस्पताल निर्माण गर्न सरकारलाई दवाव दिने, सामाजिक सुरक्षा ऐनलाई कार्यान्वयनमा ल्याउने, ट्रेड युनियनमा ३३ प्रतिशत महिला सहभागीता स्थापना गर्न, प्रदेश स्थानीय र औधोगिक स्तरमा सामुहिक सौदावाजीको अधिकारलाई सुनिश्चित गर्न पहल गर्ने, कार्यस्थलमा हुने सबै खाले विवेदको अन्त्य गर्नेछु ।
यसका अतिरिक्त कार्यस्थलबाट श्रमिकको मताधिकार सुनिश्चित गर्ने, महासंघलाई आर्थिक रुपमा आत्मानिर्भर बनाउने, ट्रेड युनियन काँग्रेससँग आवद्ध रहँदै आएका आइटीयुसीलगायतका संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा सुढृढ बनाउनेछु । म मेरो एजेण्डामा प्रतिबद्ध छु र रहनेछु ।
अन्तमा के भन्नुहुन्छ ?
नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरहरुलाई आर्थिक रुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामुलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि मेरो उम्मेद्वारी भएकाले मलाई सहयोग गर्न देशभरबाट काठमाडौँमा आएका मजदूर साथीहरुलाई आग्रह गर्दछु । यहाँहरुको मत श्रमिकको पक्षमा होस भन्ने मेरो आग्रह छ । यहाँहरुको मतको अपेक्षा सहित आएको छु ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- आज बैशाख १२: महाभूकम्पका कारण निमेषभरमै देश शोकमग्न भएको त्यो दिन
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान