बिहिबार, चैत्र १५, २०८०

प्रचण्डले भने- लापरबाही गरेको भेटिए आफ्नै घरबेटीलाई पनि कारबाही हुन्छ निश्‍चिन्त हुनहोस

 काठमाडौं जेठ ३० , नेकपाका अध्यक्ष प्रचण्डले मंगलवार वर्तमन सरकोको एक मात्र लक्ष्य भनेको मुलकुको समृद्धि भएका कारण बिकास निर्माणमा लापरबाही गरेको भेटिए आफ्नै घरबेटीलाई पनि कारबाही हुने बताउँनु भएको छ ।   भरतपुरमा प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संवाददताहरुको प्रश्नको जवाफ दिने क्रममा उहाँले गुणस्तरीय काम नगर्ने ठेकेदार जो कोही भएपनि कारबाही हुन्छ यसमा निश्चिन्त हुन आग्रह गर्नु भएको हो ।

स्मरण रहोस प्रचण्ड आफ्ना घरबेटी ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् भने ठेकेदार अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गर्न नसकेको  सूचीमा परेका छन ।   त्यस्तै उहाँले एक फरक प्रसंगमा काँग्रेस वाहेका सवै दललाइ  सरकारमा ल्याउँने आफ्नो योजना रहेको बताउँदै राजपा पनि सरकारमा आउँने लगभग निश्चित रहेको भएके बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।