शनिबार, बैशाख ८, २०८१

९ किलो गाँजा बरामद

काठमाडौ मंसिर ११,  इलाका प्रहरी कार्यालय अमलेखगञ्जले चुरियामाई मन्दिर नजिकैबाट आज नौ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सवारी साधन जाँच गर्ने क्रममा भैरहवाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ५ ख १२७१ नंको बसबाट सो गाँजा बरामद गरेको जनाएको छ । साथै गाँजा ल्याउने व्यक्तिको खोजी गरिनाका साथै थप अनुसन्धान भइरहेको अमलेखगञ्ज प्रहरीले जनाएको छ ।

   तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।