काठमाडौं मंसिर ११ , सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज भएको छ । उम्मेदवार रायविरुद्ध स्वतन्त्र उमेदवार गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा गत कात्तिक १९ गते कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको उजुरी दिएका थिए । तर आयोगले आफ्नो उजुरी सुनुवाइ नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगे ।
सर्वोच्चमा प्रस्तुत मुद्दा दर्ता भए लगत्रै कारण देखाउ आदेश जारी गर्दै आयोगसँग लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । तर आयोगले सर्वोच्चलाई जवाफ पठाउनुअघि उम्मेदवार रायको उम्मेदवारी खारेज गरेको छ ।
सभासद रायविरुद्ध कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा विशेष अदालतले दोषी ठहर गर्नुको अलावा त्यसविरुद्ध परेको पुनरावेदन सर्वोच्चमा अझै विचाराधीन छ । अब सर्लाही९४ मा कांग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।