बिहिबार, बैशाख १३, २०८१

सबैभन्दा होचो कलाकार शाहको निधन

काठमाडौं कात्तिक ३०,  विश्वकै सबैभन्दा होचो कलाकारको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयासरत रहेको दीपेन शाह फाउण्डेसनले दीपेन शाहको आज विहान किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको जनाएको छ । किड्नीमा समस्या आएपछि केही दिन अघि उनी अस्पताल भर्ना भएका थिए ।

उनको जन्म २०५५ सालमा दोलखाको भीमसेन नगरपालिका ७ मकैबारीमा भएको थियो । कक्षा १० मा अध्ययनरत शाहले छेउ न टुप्पो, झ्याइकुटी झ्याईंजस्ता हास्य शृंखलामा अभिनय गरेका छन् । फोटो सौजन्य Fire Club