शुक्रबार, चैत्र १६, २०८०

विजयपथको यात्रा तय गर्दै युवा उम्मेदवार शाक्य

बाँयाबाट क्रमस प्रतिनिधी सभाका उम्मेदवार जिवनराम श्रेष्ठ, प्रदेससभा अन्र्तगत (ख्) समूहकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र (क)समूहका उम्मेदार राजेश शाक्य ।

काठमाडौं कात्तिक २० आगामी मंसिर २१ गते हुने निर्वाचनमा बाम गठबन्धनको आधिकारिक उम्मेदवार रहेको युवा नेता हुन राजेश शाक्य । प्रष्ट वक्ता एवम् सहयोगी र मिलनसार व्यक्तित्वका धनी युवा नेता शाक्यले विगतमा काठमाडौं महानगरपालिका वडा .न .१९ बाट नगरपरिषद सदस्यमा समेत आफ्नो कुशल जिम्मेवारी प्रदर्शन गरिसकेका छन । 

नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र ८का इन्चार्ज समेत रहेका नेता शाक्यले  राजनीतिलाई पेशा ठान्नेको विरुद्धमा, गरीखाने भाँडो बनाउनेको विरुद्धमा र विद्यमान भ्रष्टाचारको विरुद्धमा आफ्नो उम्मेदवारी रहेको बताउँदै प्रदेश न (क) का वडा न १३, १९, २०, २३  र२४ न. का स्थानीयले आफ्नो उम्मेदावरीलाइ यसपटक विजयमा परिणत गर्ने दावी गरे ।

त्यस्तै वाम गठबन्धनबाट विद्रोही उम्मदवारी दिएका माओवादी केन्द्रका नेता उमेश स्थापितले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि चुनावी माहौल थप रङगीन भएको बताए । स्मरण रहोस ८ मा काँगेसको तर्फबाट राज्यलक्ष्मी श्रेष्ठ र देवरत्न डंगोलले उम्मेदावरी दर्ता गराएका छन भने बाम गठबन्धनबाट राजेश शाक्य र अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारको व्यक्तिगत ल्याकत जन लोकप्रियता र नेतृत्वको पक्षलाइ हेर्ने हो भने काठमाडौं क्षेत्र न ८ को प्रदेशसभाको निर्वाचन आफैमा रोमाञ्चक हुने देखिन्छ । विस्तृत वार्ता अर्को अंकमा