मङ्लबार, चैत्र ६, २०८०

वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्‍यो ?

हामी कुनै पार्टीप्रति तल्लोस्तरमा गई आरोप–प्रत्यारोप गर्ने पक्षमा छैनौँ :  प्रचण्ड

कांग्रेस  र कांग्रेसका नीति अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित रहेको त्यस्तै बहुमत प्राप्त गरेको समयमा निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थान समाप्त गरेको र नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याउँदै भ्रष्टाचारलाई संरक्षण र संस्थागत गरेको आरोप

काठमाडौं कार्तिक २२,  एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा मंगलबार आफ्नो  साझा वाम चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।  आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति सहित सार्वजनिक गरिएको  चुनावी घोषणापत्र सार्वजनिकरण्क कार्यक्रमलाइ सम्बोधन गर्दै  एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनको चुनावी घोषणापत्र सर्वोत्कृष्ट भएको दावस् गर्दै घोषणापत्र चुनाव जित्न मात्र नभई देश बनाउन ल्याएको बताउँनु भएको छ ।

त्यस्तै जारी घोषणापत्रमा पाँचवटा कुरालाई पूरा गर्ने पूर्ण ग्यारेन्टी गर्दै उहाँले भने राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति र स्थायित्व र  त्यस्तै सम्बोधनको क्रममा हामी दुई पार्टी मिलेर पहिला पनि सरकार चलाएका थियौँ । ०७२ मा मिलेर संविधान घोषणा गर्दापनि गरी दुई पार्टी संयुक्त रूपमा सरकारमा थिए । त्यतिवेला पनि कोकोहोलो मच्चिएन । एमाले–माओवादी मिल्दा पैताला बजार्ने, कपाल लुछ्ने किन गर्नुपर्‍यो ?’ भन्दै प्रश्न समेत गरेका थिए ।

त्यस्तै गरि गठबन्धनका अर्का नेता एवम माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यक्रमलाइ सम्बोधन गर्दै हामी अरु पार्टी जस्तो तल्लोस्तरमा उत्रेर आरोप–प्रत्यारोप गर्ने पक्षमा नभए जाउ दिदै गठबन्धनको विषयमा अनेक किसिमका अनर्गल प्रचार गर्दै जनाामाझा भर्म छर्ने काम गरेको बताए । साथै प्रचण्डले मुलुकको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई केन्द्रबिन्दुमा राखेर घोषणापत्र आएको बताउँदै प्रस्तुत घोषणापत्रमा ‘विकास निर्माणदेखि सामाजिक न्याय, शान्तिप्रक्रियाका बाँकी काम, भूकम्पपछिको पुनर्निर्माण र ऊर्जासँग सम्बन्धित धेरै काम दुई वर्षभित्र पूरा गर्ने संकल्प रहेका बताए ।

जारी घोषणापत्रमा वामगठबन्धनले मुलत आगामी पाँच वर्षभित्र जनतालाई निरपेक्ष गरिबीको रेखामुनिबाट मुक्त गरी विकासशील राष्ट्र बनाउने घोषणा गरेको छ ।  त्यस्तै  आगामी १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिदरलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउने दावी गरि प्रस्तुत  गरिएको  छ ।    साथै  ०९९ सम्म नेपाललाई   संयुक्त राष्ट्रसंघले अघि सारेका दिगो विकास लक्ष्यलाई पूरा गर्न नेपालबाट निरपेक्ष गरिबी, भोकमरी, निरक्षरता, अस्वास्थ्य र असमानताको अन्त्य गरिने  प्रतिवद्धता  अभिव्यक्त गरेका छन ।

त्यस्तै सम्बोधनको क्रममा आरोप–प्रत्यारोप नगर्ने बताईएपनि घोषणापत्रमा कांग्रेस  र कांग्रेसका नीति अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित रहेको त्यस्तै बहुमत प्राप्त गरेको समयमा निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थान समाप्त गरेको छ । नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको आरोप लगाईएको छ ।   त्यस्तै गरि अन्य दलको सवालमा पनि घोषणापत्रमा सामान्तवादका अवशेषलाई संरक्षण गर्ने, राष्ट्रिय आत्मसमपर्णवादी नीतिको पक्षपोषण गर्ने र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक आर्थिक रूपान्तरणको विरोध गर्ने र राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एव राष्ट्रिय एकतालाई कमजोर पार्ने चरित्र वोको जिकिर गरिएको छ ।

घोषणापत्रको पूर्ण पाठका लागि यहाँ क्लिक गर्नुहोला ।