शुक्रबार, बैशाख १४, २०८१

वडाध्यक्ष सिंह र महिला वडा सदस्य आपत्तिजनक अवस्थामा पक्राउ

काठमाडौं कात्तिक २७,  जलेश्वर नगरपालिकाका नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका वडा ८ का वडाध्यक्ष विजयकुमार सिंह आपत्तिजनक अवस्थामा पक्राउ परेका छन ।  अध्यक्ष सिंहलाइ गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको र सोहि आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्राप्त समाचारमा उल्लेख गरिएको घटना विवरण अनुसार गएराति साढे १० बजेतिर दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिला परिवारजनले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको उल्लेख गरिएको  छ ।

स्मरण रहोस वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएका महिला सदस्य पति गुमाएका विधवा हुन । प्रहरीका अनुसार प्रहरीले घटनाको वास्तविकता के हो भन्ने बारे थप अनुसन्धान थालेको बताईएको छ ।