बिहिबार, बैशाख १३, २०८१

ललितपुर १ मा राणाको उदय कि नवराजको ?

नवराजालाइ आइजीपी मात्र नभएर मुलुकको गृहमन्त्रीनै बनाउँने   एमाले अध्यक्ष केपी ओलीको उद्घोषले चुनावी प्रतिस्प्रर्धालाइ थप रोचक बनाएको हो ..  

ललितपुर कार्तिक २१ , बाम गठबन्धनको तर्फबाट ललितपुर १ मा उम्मेदवार रहेका पूर्वडीआइजी नवराज सिलवाल उनका प्रतिस्प्रर्धी कांग्रेसका उदयशमशेर राणावस्च आसन्न निर्वाचनमा रोचक प्रतिस्प्रर्धा हने भएको छ ।   रोलक्रम अनुसार नेपाल प्रहरी संगठनमा आइजीपीका उमेदवार रहेको   डीआइजी सिलवाल कांग्रेसी चलखेलका कारण आइजीपी बन्न रोको तर उनलाइ आइजीपी मात्र नभएर मुलुकको गृहमन्त्रीनै बनाउँने   एमाले अध्यक्ष केपी ओलीको उद्घोषले चुनावी प्रतिस्प्रर्धालाइ थप रोचक बनाएको हो ।

यसवीचमा प्रहरी संगठन परित्याग सहित एमालेको राजनिती स्वीकार गर्दै पार्टी प्रवेश गरेका पूर्वडीआइजी सिलवाल यसद निर्वाचनमा निर्वाचित भयो र एमालेको नेतृत्वमा सरकार बन्यो भने गहमन्त्री बन्ने प्राय निश्चित छ । यसै कारण पनि समग्रमा अन्य निर्वाचन क्षेत्रको तुलनामा ललितपुर निर्वाचन क्षेत्रको न् १  जहाँबाट मुलुककले गृहमन्त्री पाउँने भन्दै हुने गरेको व्यापक चर्चासंगै  नवराज सिलवाल स्वस्थानी कथाका नवराज लाउण्य देशको राजा बने जस्तै निर्वाचित होला त भन्ने प्रश्नपनि सिर्जना भएका छन ।

काँग्रेसका उम्मेदवार उदय शमशेर राणालाइपछार्दै निर्वाचित हुनु चानचुने कुरा होइन उनि यही क्षेत्रबाट पटक पटक चुनाव जित्दै आएका उम्मेदवार हुन । यद्यपी दुवै उम्मेदवार उत्तिकै शक्तिशाली भएका कारण यस क्षेत्रको निर्वाचन आफैमा रोचक हुने भन्दै राणाको उदय हुने हो कि लावण्य देशको राजा नवराजको स्थानीय मतदाताले विभिन्न अड्कल काट्दै चुनावी गफ हाँक्ने गरेका छन ।