शुक्रबार, बैशाख १४, २०८१

निजी क्षेत्रको सक्षमता विकासका लागि कम्युनिष्टको सरकार आवश्यक : नेता पोखरेल

-गोकर्ण पौडेल-
दाङ कार्तिक ३०,  नेकपा एमालेका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ का उम्मेदवार शंकर पोख्रेलले बामपन्थीहरु मिलेर जनताको मुहारमा खुसी ल्याउने बताउनुभएको छ ।  विकसित देशहरुमा थोरै पार्टी रहेको चर्चा गर्दै आसन्न निर्वाचन पछि मुलुकमा पनि     थोरै पार्टीहरु मात्र रहने  जिकिर गर्दै  अधिकारको लडाई लड्दा मात्रै धेरै पार्टीहरुको आवश्यकता रहेको भन्दै उहाँले विकास र समृद्धिका लागि थोरै पार्टीहरु भए काफी हुने बताउनुभयो ।

त्यस्तै  बाम गठबन्धनको घोराही उपमहानगरपालिका वडा नम्बर १४ को सम्पर्क कार्यालय उद्घाटन गर्दै नेता पोख्रेलले निजिकरणको नाममा नेपालका राम्रा कलकारखाना हरु समेत काँग्रेसका कारण बन्द हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । निजी क्षेत्रको सक्षमता विकासका लागि कम्युनिष्टको सरकार आवश्यक भैसकेको उहाको भनाई रहेको थियो ।

एमालेकै सरकारको पालामा निर्माण भएको घोराहीका विभिन्न सडकखण्डहरुमा अहिले पनि दिगो अबस्थामा रहेको नेता पोख्रेलले बताउनुभयो । शान्ता चौधरीले निर्माण गरेको कटुवाखोला समयमै निर्माण सम्पन्न भएको चर्चा गर्दै कटुवा खोलाको पुल काँग्रेसकै कारणले समयमा निर्माण हुन नसकेको बताउनुभयो ।