शुक्रबार, चैत्र १६, २०८०

पूर्बाञ्चल दैनिक २३ औं बर्षमा

 बिर्तामोड कात्तिक ३० ,   बिर्तामोडबाट प्रकासन हुँदै आएको पूर्वाञ्चल दैनिक प्रकाशनको २२ औं बर्ष पूरा गरी शुक्रवारबाट २३ औं बर्षमा प्रवेश गरेको छ ।  मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउने सबैको साझा र सही सूचना सम्प्रेषणमा अविचलित पूर्वाञ्चल दैनिक श्रीअन्तु प्रकाशन (प्रा.)लि.द्वारा प्रकाशन हुँदै आएको हो । पूर्वाञ्चल दैनिक अहिले पूर्वका ६ जिल्ला तथा भारतका केही क्षेत्रमा दैनिक विक्री वितरण हुँदै आएको छ भने इन्टरनेटमार्फत रंगीन इ–पेपर र इ–पूर्वाञ्चल (epurwanchal) अनलाइनबाट विश्वभर सम्प्रेषण हुँदै आएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पूर्वाञ्चल दैनिक २३ औं बर्ष प्रवेशको पूर्वसन्ध्यामा प्रकाशन गृहका अध्यक्ष टोरुप प्रसाईं, प्रकाशक भरतलाल गिरी र सम्पादक एकराज गिरीले शुभकामना दिँदै नागरिकको सूचनाको अधिकार रक्षा गर्दै पूर्वाञ्चल अविचलित रुपमा सबैको साझा भएर उभिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वाञ्चल दैनिकलाई २३ बर्षको पठ्ठो बनाउन प्रत्यक्ष वा परोक्ष रुपमा योगदान दिनुहुने सबैप्रति आभार समेत प्रकट गरिएको छ ।  समस्त शुभचिन्तकको माया पाएर तन्नेरी भएको सुखद् क्षणमा यस्तै मायाको अपेक्षा गर्दछौं, यस क्षणमा ब्रह्मलिन हाम्रा अभिभावक, अग्रज पत्रकार एवम् प्रधानसम्पादक मदन ढकालको आत्मा गोलोकमा निर्विघ्नतापूर्वक रहोस् भन्दै शब्द श्रद्धा अर्पण गर्दछौं विशेष प्रकाशकीय÷सम्पादकीयमा भनिएको छ ।